Shopping cart

  • Home
  • समाज
  • पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई
देश

पवित्रहाङमा गोल्डकपको उपाधि दारिम्बा पाँचथरलाई

Email :34

इलाम इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १६ औं संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि दारिम्बा फुटबल क्लब पाँचथरले जितेको छ ।

शनिबार माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन जनता सेभेन स्पोर्ट्स क्लब इलामलाई ४-२ गोलको अन्तरले पराजित गर्दै दारिम्बाले उपाधि हात पारेको हो ।

उपाधिसँगै विजेता दारिम्बाले नगद तीन लाख ७० रुपैयाँसहित ट्रफी हात पार्यो । उपविजेता बनेको जनता सेभेनले नगद दुई लाख ७० रुपैयाँमा चित्त बुझायो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दारिम्बाकी सुजता तामाङ, उत्कृष्ट डिफेन्डर दारिम्बाकै मनिता तामाङ, उत्कृष्ट खेलाडी उपविजेता जनता सेभेनकी रेखा विष्ट, उदयीमान खेलाडी जनता सेभेनकै नविना श्रेष्ठ र सर्वाधिक गोलकर्ता जनता सेभेनकै सरिता नाथ (४ गोल) घोषित भइन् । उनीहरुले जनही नगद पाँच हजार ७० रुपैयाँसहित ट्रफि प्राप्त गरेको आयोजक आत्मापवित्र खेलकुद समितिका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।

स्थानीय किरात धर्मगुरुआमा पवित्रहाङमा साँवा (लिङदेन) को ७० औं जन्मोत्सवको अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपालको इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी एवम् भारत दार्जिलिङका गरी ८ महिला टोलीको सहभागिता रहेको थियो ।

Comments are closed

Related Post