Shopping cart

  • Home
  • राजनिती
  • जाजरकोटको विकासका याेजनाकारशक्ति बस्नेत
देश

जाजरकोटको विकासका याेजनाकारशक्ति बस्नेत

Email :45

जाजरकोट । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले आफूले मन्त्री रहँदा जाजरकोटमा गरेका ऐतिहासिक विकास कार्यहरूको विस्तृत विवरण सार्वजनिक गर्दै जिल्लालाई विकासको मूलधारमा जोड्ने बलियो आधार तयार भएको बताएका छन्।

उनले सडक, जलविद्युत, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सञ्चार, खानेपानी, सिंचाइदेखि युवा तथा खेलकुद क्षेत्रसम्म व्यापक सुधार गर्दै जाजरकोटको समग्र विकासको जग बसालिएको उल्लेख गरेका छन् । बस्नेतका अनुसार अब ती योजनाहरूको प्रतिफल देखिन सुरु भइसकेको छ र आगामी दिनमा उत्पादन वृद्धि, रोजगारी सिर्जना, जनशक्ति विकास तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा थप गुणात्मक सुधार हुने विश्वास व्यक्त गरे।

सडक पूर्वाधारमा ऐतिहासिक विस्तार

बस्नेतको पहलमा जाजरकोटमा रणनीतिक महत्वका ठूला सडक परियोजनाहरू अघि बढेका छन्। भेरी करिडोर, मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माण तथा कालोपत्रेको काम तीव्र गतिमा अघि बढेको छ। रारा राजमार्गको जाजरकोट खण्डमा कालोपत्रे सुरु भइसकेको छ भने भेरी करिडोर र मध्यपहाडी लोकमार्गको कालोपत्रे अन्तिम चरणमा पुगेको छ।

छेडा–मोर्क–चाँदे–जुम्ला सडक, मनाघाट–बाटुल्ले–हानेसल्ला–बारेकोट सडक, कालिमाटी–लिम्सा–मुल्साम सडक, पाँचकटिया–किटेनी–भारगाउँ–लिम्सा सडक, बोहरा–पुन्मा सडक, भुरचौर–स्याउली–पुन्मा सडक, लामीतरा–शिवपुरी–गर्खाकोट सडक लगायत दर्जनौं सडक निर्माणाधीन छन्। साथै भेरी पुल र राकम पुलसहित दर्जनौं मोटरेबल पुल तथा झोलुङ्गे पुल निर्माणका लागि पहल गरिएको छ।

सञ्चार क्षेत्रमा क्रान्तिकारी सुधार

जिल्लाभर सञ्चार सेवा विस्तारका लागि २० भन्दा बढी टेलिकम टावर स्थापना गरिएको छ भने थप नयाँ टावरहरू निर्माण भइरहेका छन्। भेरी र नलगाड नगरपालिकामा अप्टिकल फाइबर जडान गरिएको छ। मोर्क बजारदेखि चंखीला सम्म अप्टिकल फाइबर विस्तारको सर्वे तथा डिजाइन सम्पन्न भएको छ, जसले डिजिटल पहुँचमा ठूलो परिवर्तन ल्याएको छ।

कृषि र वन क्षेत्रमा व्यवसायीकरण

कृषिलाई व्यवसायिक बनाउने लक्ष्यसहित सुन्तला, ओखर, टिमुर र मौरीपालन जोन स्थापना गरिएको छ। विभिन्न कृषि ब्लक तथा पकेट क्षेत्र स्थापना गरी कृषकलाई अनुदान तथा प्रविधि उपलब्ध गराइएको छ। जडिबुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना गरिएको छ भने नलगाड नगरपालिकामा खाद्य संस्थानसँग सम्झौता गरी स्थानीय उत्पादनको बजार सुनिश्चित गरिएको छ।

पर्यटन पूर्वाधारको तीव्र विकास

चाखुरे–कुशेमुसे पर्यटन पदमार्ग, मालिका मन्दिर, शिवालय मन्दिर, मष्टा मन्दिर लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरूको पूर्वाधार निर्माण गरिएको छ। यसले जाजरकोटलाई पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ।

जलविद्युत र विद्युतीकरणमा ऐतिहासिक उपलब्धि

जिल्लाभर विद्युतीकरणका लागि ठेक्का सम्झौता गरिएको छ। बडाबन, कुदु, चौखा, समाइला लगायत क्षेत्रमा सबस्टेशन निर्माण भएको छ भने वडावन र समाइलामा निर्माणाधीन छन्।

नलगाड जलविद्युत आयोजना प्रस्तावदेखि DPR तयार, मुआब्जा वितरण र पूर्वाधार निर्माणसम्मको काम अघि बढेको छ। जग्गदुल्ला ‘ए’ जलविद्युत आयोजना निर्माणको तयारीमा छ भने तासुगाड जलविद्युत आयोजना सुरु हुने चरणमा पुगेको छ। डाँडागाउँ भेरी, भेरी–२ र भेरी–३ आयोजना निर्माण तयारीमा छन्। साथै कुशे र बारेकोटमा सोलार मिनिग्रिड सञ्चालनमा ल्याइएको छ।

सिंचाइ र खानेपानीमा व्यापक सुधार

कुदु, रिम्ना, रग्दा, रोली, बडावन, लिर्ता लगायत क्षेत्रमा लिफ्ट सिंचाइ योजना सञ्चालनमा आएको छ। नौफेरी, रोली लगायत दर्जनौं सिंचाइ योजना सम्पन्न भएका छन्। भेरी नदी र अन्य खोलाहरूमा नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको छ।

रोकायगाउँ, कार्कीगाउँ, टालेगाउँ, जगतिपुर, कुदु लगायत क्षेत्रमा ठूला खानेपानी आयोजना निर्माण तथा सञ्चालनमा आएका छन्, जसले हजारौं नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराएको छ।

स्वास्थ्य क्षेत्रमा गुणात्मक सुधार

जाजरकोट अस्पताललाई १५ शैयाबाट ५० शैयामा स्तरोन्नति गरिएको छ र आधुनिक भवन निर्माण गरिएको छ। नलगाड, बारेकोट, छेडागाड, भेरी नगरपालिकामा अस्पताल निर्माणको पहल गरिएको छ। आँखा अस्पताल स्थापना, प्राथमिक स्वास्थ्य केन्द्र निर्माण तथा कोरोना महामारीमा उपचार सामग्री उपलब्ध गराउने काम गरिएको छ।

शिक्षा क्षेत्रमा ऐतिहासिक फड्को

भेरी ज्ञानोदय क्याम्पसलाई मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बनाइ मास्टर डिग्री कक्षा सुरु गरिएको छ। जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना गरी कृषि, वन, इन्जिनियरिङ र फार्मेसी शिक्षा सञ्चालन गरिएको छ।

दर्जनौं विद्यालयमा प्राविधिक शिक्षा सुरु गरिएको छ भने नयाँ क्याम्पस स्थापना, विद्यालय भवन निर्माण तथा शिक्षकलाई दुर्गम भत्ता उपलब्ध गराउने पहल गरिएको छ।

भूकम्पमा उद्धार र पुनर्निर्माणमा नेतृत्वदायी भूमिका

जाजरकोट भूकम्पपछि प्रभावित प्रत्येक परिवारलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णयमा बस्नेतले महत्वपूर्ण भूमिका खेले। साथै कच्ची घर विस्थापन गरी भूकम्प प्रतिरोधी घर निर्माण अभियान अघि बढाइएको छ।

बैंक, प्रशासन र सेवा विस्तार

छेडागाडमा इलाका प्रशासन कार्यालय, नलगाडमा राष्ट्रिय वाणिज्य बैंक शाखा स्थापना गरिएको छ। विभिन्न पालिकामा बैंक शाखा विस्तार, प्रहरी चौकी स्थापना र सरकारी कार्यालय स्थापना गरिएको छ।

युवा, खेलकुद र सामाजिक पूर्वाधारमा उल्लेखनीय प्रगति

खलंगा कभर्डहल, मन्मै रंगशाला, कुदु रंगशाला, दशेरा रंगशाला निर्माण गरिएको छ। युवा लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरिएको छ। जनता आवास कार्यक्रममार्फत सयौं परिवारलाई सुरक्षित आवास उपलब्ध गराइएको छ।

विकासको जग तयार, अब समृद्धिको चरण

बस्नेतले जाजरकोटमा भएको पूर्वाधार विकासले जिल्लालाई आर्थिक समृद्धिको नयाँ चरणमा प्रवेश गराउने बताए। “अब पूर्वाधारको जग तयार भइसकेको छ। उत्पादन, रोजगारी, शिक्षा, स्वास्थ्य र समृद्धिको नयाँ युग सुरु भएको छ,” उनले भने।

उनले आगामी दिनमा अधुरा योजनाहरू पूरा गर्दै जाजरकोटलाई कर्णालीकै समृद्ध जिल्लाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शक्ति बहादुर बस्नेतले गरेका कामहरु
१ ) सडक पुर्वाधार निर्माण ,
– भेरीकरीडोर ,मध्यपहाडी लोकमार्ग (जाजरकोट खण्ड) र रारा राजमार्ग निर्माणको लागि पहल ।
-भेरी कोरिडोर र मध्यपहाडी लोकमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सम्पन्न हुदै।
-रारा राजमार्ग जाजरकोट खण्ड कालोपत्रे गर्ने काम सुरु भएको ।
– छेडा -मोर्क – साना खोला चांदे जुम्ला सडक योजना निर्माणाधिन र (कालो पत्रे सहित ) ।
– छेडा कचाली सडक स्तरोन्नति र कालोपत्रे गर्ने काम भई रहेको ।
– मनाघाट – बाटुल्ले – हानेसल्ला – बारेकोट सडक निर्माणाधिन
– कालिमाटी – लिम्सा – मुल्साम सडक निर्माणाधिन
– पांचकाटिया – किटेनी – भारगाउँ – गर्चिना – सिल्पाचौर लिम्सा सडक निर्माणाधिन
– पांचकटिया – कयाल्दापाखा – बारेकोट जुम्ला सडक निर्माणाधिन
– बोहरा – इवर – पुन्मा – पोखरा सडक निर्माणाधिन
– भुरचौर – स्याउली – पुन्मा सडक निर्माणाधिन
– ढुंगिल – झाप्रा – मछाइना सडक निर्माणाधिन
– मोर्क – स्यापी – खनेटा – मटेला सडक
– लिर्ता -कार्कीगाउ सडक
– मध्यपहाडी सडक देखि – मनाघाट – खारा सुयाडा सडक निर्माणाधिन
– थलह – पजारु – झिंग्रा – टिकाचौर सडक
– लामीतरा – शिवपूरी – गर्खाकोट सडक निर्माणाधिन
लगायत अन्य दर्जनौं ग्रामीण सडकहरु ( ट्रयाक खुला गर्ने काम भएको )
– भेरी पूल राकम लगायत दर्जनौं मोटरेवल पूलहरु निर्माणको लागि पहल ।
– दर्जनौं झोलुङ्गे पूलहरु निर्माणको लागि पहल

२ ) संचार (टेलीफोन सेवा विस्तार ),
– टेलिकम टावर थप २० वटा
– अप्टिकल फाइबर भेरी, नलगाड नगरपालिका दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको

३ ) – कृषि ,बन क्षेत्र,
– -कृषि बन उद्यमको लागि अनुदानको ब्यवस्था
– कृषिको व्यवसायिकरणका लागि – सुन्तला , ओखर , टिमुर ,मौरी जोनहरुको स्थापना
-अन्य विभिन्न ब्लक तथा पकेटहरुको स्थापना
– जडिवुटी संकलन तथा प्रशोधन केन्द्र स्थापना
— नलगाड नगरपालिकामा कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता

४ )पर्यटन पूर्वाधार निर्माण ,
– चाखुरे कुशेमुसे पर्यटन पर्वाधार निर्माण पदमार्ग लगायत
– मालिका मन्दीर सुयाडा लगायत दर्जनौ मन्दिरहरुको भवन तथा अन्य पूर्वाधार निर्माण

५ ) जलविद्यूत र विद्युतीकरण,
– जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता
– बडाबन, कुदु , चौखा , मा सवस्टेशन निर्माण
– वडावन र समाइलामा सवस्टेशन निर्माणाधिन
. – गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव
– नलगाड हाइड्रो पावरको . मुआब्जा वितरण अन्य सडक कार्यालय भवन लगायत अन्य पूर्वाधार निर्माण र DPR Report तयार
– जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माणको लागि टेण्डरको तयारी भईरहेको)
– तासुगाड हाइड्रो पावर निर्माण सुरु गरिने (यसै आर्थिक बर्ष )
– डाँडागाउँ भेरी हाइड्रो, भेरी २ , भेरी ३ जलविद्यूत आयोजनाहरु निर्माणको लागि तयारी भईरहेको ।
– कुशे ८ र बारेकोट ४ मा सोलार मिनिग्रिड सञ्चालनमा आएको । ‘
– नलगाड दानी पिपलमा ४०० केभी को लागि सवस्टेशन निर्माणको तयारी काम पुरा भएको ।
– दानीपिपल देखी सुर्खेत मैनतडा हुदै लम्की जोड्ने ४०० केभि प्रशारण लाइनको तयारी काम पुरा भएको ।

६ )सिचाई आयोजनाहरु,
– कुदु , रिम्ना रग्दा रोली तल्लु ठुला बगर लिफ्ट सिंचाई संचालनमा आएको ।
– बडावन , लिर्ता लिफ्ट सिंचाई योजना निर्माणाधिन
– भुरचौर लिफ्ट सिंचाई योजनाको तयारी भईरहेको
-जेवा लिफ्ट सिंचाइ प्रस्तावित
– नौफेरी , रोली , लगायतका दर्जनौं मझौला सिंचाई आयोजनाहरु सम्पन्न – संचालनमा आएको
– जिल्लामा (SIP)साना सिंचाई आयोजना मार्फत दर्जनौं सिंचाई योजनाहरु कार्यान्वन भएको ।
-भेरी नदि , सरुगाड ,झुप्रे खोला, नियन्त्रण कार्यक्रम
अन्य दर्जनौं मझौला सिचाई योजना

७ ) खानेपानी आयोजना,
– रोकायगाउ वृहत खानेपानी आयोजना, कार्कीगाउ वृहत खानेपानी आयोजना, टालेगाउ वृहत खानेपानी , जगतिपुर वृहत खानेपानी आयोजना, कुदु खानेपानी आयोजना लगायत जिल्लाभर अन्य संयौं ठुला साना खानेपानी योजनाहरुको निर्माण तथा मर्मत सम्भार ।

८ ) स्वास्थ्य क्षेत्र सुधार,
– जाजरकोट अस्पताल १५ शैयाबाट ५० शैयामा स्तरोन्नति भएको ‘ ।
– जाजरकोट अस्पातलको आधुनिक भवन निर्माण।
– नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल निर्माणको लागि पहल ।
– आंखा अस्पताल भवन
-कोरोनाको समयमा क्वारेन्टाइन सहित उपचारको लागि सामाग्री प्रदान
– एकीकृत जनस्वास्थ्य कार्यक्रम सुरु
– नलगाड दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना

९) शिक्षा क्षेत्र सुधार,
– भेरी ज्ञानोदय क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस
– भेरी ज्ञानोदय क्यापसमा Master Degree कक्षा सुरु
– भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा लिइएको ।
— जनज्ञानकुञ्ज बहुमुखी क्याम्पस दशेरा, नलगाड बहुमुखी क्याम्पस दल्ली, र मालिक क्याम्पस पैंक स्थापना
– जाजरकोट बहुप्राविधिक शिक्षालय स्थापना
( कृषि, बन विज्ञान , इन्जिनियरिङ्ग (ओभर सियर )र फार्मेसी कक्षा संचालन)
– मावि लिम्सा, मावि कार्कीगाउ , मावि तल्लु , मावि देउसुले सिर्प प्राविधिक शिक्षा
– मावि कालेगाउ लगायतमा प्राविधिक विषय को अध्ययनको ब्यवस्था
– जाजरकोट लगायतका जिल्लाका शिक्षकहरुलाई दुर्गम भत्ताको ब्यवस्थाका लागि पहल
– दर्जनौं विद्यालयहरुको भवन पुर्वाधार निर्माणको लागि बजेटको व्यवस्था ।

१०) जाजरकोट भुकम्पमा उद्धार र राहत वितरण मा सक्रिय भुमिका,
– जिल्लाभरका सबै प्रभावित परिवारहरुको लागि अस्थायी आवास निर्माण गर्न रु ५० हजार प्रदान गर्न विशेष भुमिका
– जिल्लाभरीका सबै माटो ढुंगाले बनेका कच्चि घरहरु विस्थापित गरी भुकम्प प्रतिरोधी पक्कि घरहरुनिर्माण गर्न नवनिर्माण अभियान संचालनको लागि विशेष पहल ।

११) अन्य सेवा प्रवाह,
– छेडागाड नपा ५ चंखिलामा इलाका प्रशासन कार्यालय स्थापना
– नलगाड दल्लिमा राष्ट्रिय बानिज्य बैंकको शाखा कार्यालय स्थापना
– जुनिचाँदे लगायतका पालिकाहरुमा वैंकहरुका शाखा कार्यालय स्थापनाको लागि पहल ।
– सुयाडा लगायत स्थानहरुमा प्रहरी चौकी स्थापनाको लागि पहल ।
– भेनपा १ मा सभागृह निर्माण

१२) युवा – खेलकुद क्षेत्र ,
– युवा समुदाय लक्षित सिपमुलक कार्यक्रमहरु
– खलङ्गा कर्भडहल निर्माण
– मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट
– कुदु रंगशाला निमार्ण भेरी नगरपालिका
– दशेरा रंगशाला निमार्ण छेडागाड

१३ ) अन्य भौतिक पूर्वाधार निर्माण,
जनता आवास कार्यक्रम र सुरक्षित आवास कार्यक्रम मार्फत संयौं गरिव परिवाररुको घर र सुरक्षित छाना निर्माण ।
– सदरमुकाम खलंगा संरक्षणको लागि तटबन्धन र भुक्षय नियन्त्रणको काम
– भुकम्प प्रभावित सरकारी कार्यालय र विद्यालयहरुको भवन निर्माणको लागि पहल ।

पुनश्चः पुर्वाधारमा भएको उल्लेख्य सुधारहरुको जगमा बांकि कामहरुलाई पुर्णता दिदै उत्पादनमा बृद्धि, रोजगारीका अवसरहरुको सिर्जना , जनशक्तिको विकास , शिक्षा स्वास्थामा सुधार

१ )संञ्चार
– टेलिकम टावर २२ (वटा ) पुराना र थप नयाँ ४ वटा १ )कोर्ताङ २ ) नलगाड १० ध्यारगाउँ ३) भेरी नपा ४ बोहरा / आर्मि व्यारेक ४ )बारेकोट ७ सुवाकोट निर्माण
– अण्टीकल फाइबर भेरी, नलगाड नगरपालिक दल्ली जडान गरिएको र मोर्क बजार देखी चंखीला सम्मा सर्भे डिजाइन भएको २ )जडिबुटि संकल्न भवन निर्माण
३ ) कृषि
– सुन्तला , ओखर , टिमुर ,मौरीपालन जोन
– नलगाड पालिकामा उत्पादन कृषि खाद्य बस्तु बिक्रि बितरण नेपाल सरकारको खाद्य संस्थान संग सम्झौता
४ )पर्यटन
– मलिका मन्दीर निर्माण छेडागाड
– चाखुरे कुशेमुसे पर्यटन मार्ग
– शिवालय मन्दिर जाजरकोट
– मष्टमन्दिर कुशे ५ )विद्युत
– जिल्लाभर विधुतिकरणको लागि ठेक्का सम्झौता
– बडाबन, कुदु , चौखा , समाइला जाजरकोट विद्युत स्टेशन
. गणतन्त्रको प्रथम प्रधानमत्री प्रचण्ड भयकोबेला नलगाड हाइड्रो पावर प्रस्ताव
– नलगाड हाइड्रो पावरको DPR Report सम्मपन्न
– नलगाड हाइड्रो पावरको भवन निर्माण र जग्गाको मुअब्जाको काम सम्पन्न
– जग्गदुल्ला A( पावर हाउस नलगाड १३ जाजरकोट जिल्लामा निर्माण )
– तासुगाड हाइड्रो पावर
– डाँडागाउँ भेरी हाइड्रो सम्भाव्यता अध्यन
– कुशे ८ र बारेकोट ४ मिनिग्रेड
६ )सिचाई
– कुदु , भुरचौर, नौफेरी सिचाई
– जेवा लिफ्ट सिंचाइ प्रस्तावित
७ )स्वास्थ्य
– जिल्ला अस्पताल जाजरकोट
– नलगाड ,बारेकोट छेडा , भेरी नगर पालिका ७ स्याउली बजार ,पालिका अस्पताल
– अंखा अस्पतालको भवन
८ )बैङ्क
– संघियताको मर्म अनुसार सबै स्थानिय तहमा बैङ्क स्थापना
– कृषकलाई ऋण प्रवाहका लागि थप बारेकोट र जुनिचाँदे कृषि विकास बैंक र नलगाड र भेरीमा बानिज्य बैक स्थापना
९ )शिक्षा
– भेरी ज्ञानोदय क्यापसमा Master सुरु
– भेरी ज्ञानोदय क्याम्पसलाइ भवन निर्माणका लागी ५० बर्ष बनको जग्गा लिजमा दिने मन्त्रीपरिषद बैठकले निर्णय
१०)खलकुद
– खलङ्ग कर्भडहल निर्माण
– मन्मै रङ्गशाला निर्माणा नलगाड ८ जाजरकोट
– कुदु रंगशाला निमार्ण भेरी नगरपालिका
– दशेरा रंगशाला निमार्ण छेडागाड
– कालेगाउँ सभागृह
११)शिक्षा
– नलगाड क्यामपस, मालिक क्याम्पस कुशे बनाउन पहल गरेको, ज्ञानकुञ्ज क्यामपस दशेरा छेडगाड
– बिरेन्द्र ऐश्वय उ.मावि मा प्राविधिक शिक्षा
– कालेगाउँ( भेरी ), कार्किगाउँ (छेडागाडा ) , सिर्पा (जुनियाँदे ) तल्लु (नलगाड ) प्राविधाक शिक्षा
– शिक्षकहरुलाई दुर्गम भत्ता
१२)सडक
– भेरीकरीडोर
– मध्यपहाडी लोकमार्ग ( जग्तीपूर मनघाट बडावन चँखिला दैलेख )
– लुम्बिनी रारा राजमार्ग (सल्यान, खलङ्ग, पैक बेउली ढुंग जुम्ला सडक )
– खारा मनघाट सडक
– पालिका जोड्ने सडकहरू
– १३ ) भुकम्पमा अस्थाई टहरा प्रतिघर ५० (पचास हजार) का दरले निर्णय गरियको ।
. भकम्प जाँदा प्रधानमत्री साहित जनताको घरदैलोमा पुगेर तत्काल उद्दार तथा राहत वितरण प्रभावकारी बनाएको
१४ )खरको छाना मुक्त घर बारेकोट २
. जनता आवास कार्यक्रम
. सुरक्षित आवास कार्यक्रम
१५ ) कार्यलय स्थापना
.एपिएफ स्थापना गरिएको
.बृहत जलाधार कार्यलय जाजरकोटको
. सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय
. भुकम्प पुन निर्माण कार्यलय रिम्न
. भेरी करिडोर कार्यलय स्थापना
. इलका प्रशासन कार्यालय चंखीला छेडागाड न.पा. जाजरकोट

Comments are closed

Related Post