Email :62
शशीश्री आचार्य
१.
अधर तर्से
स्पर्शको अग्नि भित्र
श्वास जलेर
२.
मौन नयन
तिम्रो रूप पिएर
रात मदिरा
३.
कम्पित ओठ
अधुरो बोल भित्र
प्रेम बगेर
४.
प्रेममा लिप्त
दुई धड्कन मिले
जून चम्कदै
५.
न्यानो छाती छ
विरह गलि गयो
संगम क्षण
६.
केश सुवास
साँझको बतासमा
उर्लेर आयो
७.
अश्रु थामेर
हासो फुल्यो ओठमा
तिम्रो सामुन्ने
८.
हात समात्दा
दूरी सबै हट्यो
रक्त नाचेर
९.
आँखा भिड्दा
सारा जग मौन छ
श्वास थामेर
१०.
गहिरो रात
ओठको लालिमा छ
जून हरायो
बौद्ध कुमारीगाल काठमाडौं














Comments are closed