Shopping cart

  • Home
  • राजनिती
  • पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता चुनावी अभियानमा लाग्नुपर्नेमा जोड
देश

पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता चुनावी अभियानमा लाग्नुपर्नेमा जोड

Email :176

काठमाण्डौ । नेपाली कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य लक्ष्मण गुरुङले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु अव चुनावी अभियानमा लाग्नुपर्नेमा जोड दिए ।

वडावासीसँग नेकपाका उम्मेदवार इन्द्रकुमार भसाल भेटघाट कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य गुरुङले पार्टीको निर्देशन अनुसार सबै तह र तप्काबाट नेता कार्यकर्ताहरु प्रत्यक्ष तर्फका उम्मेदवारलाई जिताउन र समानुपातिक तर्फ बढी भन्दा बढी मता प्राप्त गर्ने उदेश्यका साथ काममा लाग्नुपर्नेमा जोड दिए ।

उनले एकताबद्ध दृढ संकल्प र सक्रिय भूमिका सहित जनतासँगको निरन्तर सम्पर्कबाट विजय सुनिश्चित हुने भन्दै त्यस काममा लाग्नु हामी सवै कार्यकर्ताको बर्तमानको दायीत्व र कार्ययोजना भएको बताए ।

शनिबार विहान काठमाण्डौ ४ का नेपाली कम्युनिष्ट पार्टी काठमाण्डौं ४ का युवा उम्मेदवार इन्द्रकुमार भसालसँग काठमाडौं निर्वाचन क्षेत्र नं। ४ अन्तर्गत बुढानिलकण्ठ नगरपालिका ९ को वडा स्तरीय पार्टी कार्यकर्ताहरुसँगको भेटघाट भएको थियो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सीता ओझा र नेकपा काठमाण्डौ ४ का उम्मेदवार इन्द्रकुमार भसालले आफ्ना धारणा राखेका थिए ।

Comments are closed

Related Post