Shopping cart

  • Home
  • समाज
  • सहिदको रगत- घाइतेको आँशुको सम्मान र जनताको खुसीयाली खोज्न विवेकको मत प्रयोग गरौं
देश

सहिदको रगत- घाइतेको आँशुको सम्मान र जनताको खुसीयाली खोज्न विवेकको मत प्रयोग गरौं

Email :233

बासु दुलाल

साँच्चै, म आज यो आलेख लेख्दा मन रुँदैछ। आँखाबाट कति आँशु बग्ने हुन्, थाहा छैन। शब्दहरू कहिले मौन बन्छन्, कहिले आफैँ फुटेर निस्कन्छन्। तर यो लेख जस्तोसुकै बने पनि-यसको केन्द्रमा एउटा मात्र कुरा छ: यो देशप्रतिको गहिरो चिन्ता र जनताप्रतिको अगाध माया।

२००७ सालको क्रान्ति, २०१७ सालको राजाबाट भएको कू,र ३० वर्षे निरंकुश पञ्चायती शासन, २०३६ को जनमत संग्रह,
२०२८ को झापा विद्रोह र सहिदहरूको सपना,२०४६ सालको जनआन्दोलन, २०५२ बाट सुरु भएको जनयुद्ध, ०६२/६३ को जनविद्रोह, पहिचानका आन्दोलन, असंख्य सहादतहरू, र आजको नयाँ पुस्ता-Generation Z (जेन्जी) को विद्रोही चेतना। यी सबै इतिहास सम्झँदा म भक्कानिन्छु, फेरि सम्हालिन्छु।

यी सबै संघर्षहरू सम्झँदा एउटा प्रश्न मनमा घोचिरहन्छ- के यही परिणामका लागि हामीले यति धेरै बलिदान दिएका थियौँ ? होइन पटक्कै होइन यो बीचमा हामीले देशको मूल कानुन सभिदान निर्माण गरौं र जारी गर्यौ । समावेशिता संघीयता र समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्दै देशलाई स्थिरता तर्फ लग्न थाल्यौं तर हाम्रो मूल सत्रुको रुपमा भ्रष्टाचार आएर उभियो । भ्रष्टाचार बेथिति र दलालिकरण को बिरुद्द लाग्दा हाम्रा सरकार परिवर्तन गरिए र अपवित्र गठबन्धनका सरकार बन्न थाले गठबन्धनको नाममा राजनीतिक दलहरूले आलोपालो गरेर सत्तालाई कमै खाने भाडोको रुपमा प्रयोग गरे। यस्तै प्रवृत्तिको फलस्वरूप संविधान निर्माण भएको १० वर्ष पुग्दै गर्दा नेपालमा नवयुवा पुस्ताले विद्रोह गर्नुपर्यो। त्यही विद्रोहको बलमा आज देश निर्वाचनको संघारमा छ। यस्ता व्यथितिहरूको असङ्ख्या चाङ देखेर पनि हामीले आशावादी हुनैपर्छ यो देश विकसित समृद्ध सुसंस्कृत बनाउनैपर्छ।

देशको यो हालतमा म यो देश छोड्न सक्दिन। र, आदरणीय बुबा-आमा, दाजुभाइ, दिदीबहिनी- तपाईंहरूले पनि छोड्न मिल्दैन। किनकि यो देशमा हामीले न्याय समानता सहितको समाजवाद निर्माण गर्नु छु र त्यसैको पहिलो पाइला हो २०८२ फाल्गुन २१ को आम निर्वाचन । यो निर्वाचन साधारण निर्वाचन होइन। यो न त केवल नियमित निर्वाचन हो,
न त केवल मध्यावधि निर्वाचन। यो विशिष्ट ऐतिहासिक कालखण्डमा देशलाई पुनः लोकतान्त्रिक दिशामा उभ्याउने
साझा राष्ट्रिय प्रयास हो।

यही कारणले, यो पटक हामीले मतलाई फगत मत ठानेर आवेगमा, उत्तेजनामा, भ्रम र बहकाउमा हाम्रो अधिकारको मत प्रयोग गर्नै मिल्दैन। यो पटक हामीले -विवेकको मत -इतिहास बुझ्ने मत – भविष्य देख्ने मत प्रयोग गर्नैपर्छ। कम्तिमा अरू सबै कुरा छुटे पनि, सच्चा देशभक्त नेता र पार्टी छुट्नु हुँदैन।

आज म आम आदरणीय मतदातासमक्ष आँसु सहित यी शब्दहरू राख्दै विनम्रतापूर्वक बिन्ती गर्दछु- हामीले लडेर, सहेर, बलिदान दिएर ल्याएको यो लोकतन्त्रलाई अझ उन्नत बनाऔँ। न्याय, समानता र समृद्धिको नयाँ युगतर्फ देशलाई अगाडि बढाऔँ। हाम्रो भाग्य र भविष्य विदेशको भूमिमा होइन, यही देशको माटोमा निर्माण गरौँ। आगामी पुस्तालाई अराजकता होइन-सुसंस्कृत र सुयोग्य समाज सुम्पिएर हामी बिदा हुन सकौँ। यसका लागि आज हामीसँग प्राप्त यो अवसर सामान्य होइन-ऐतिहासिक छ। यो ऐतिहासिक अवसरलाई ठिक ढंगले सदुपयोग गरौँ। भ्रष्टाचार, कुशासन, अन्याय र अत्याचारको
अन्त्य गर्न हाम्रो मतलाई गम्भीरतापूर्वक प्रयोग गरौँ। हल्ला, अभिनय र नाटककारहरूको पछि दौडनु भोलिको भविष्यका लागि अभिसाप बन्न सक्छ।

त्यसैले, यो निर्वाचनलाई केवल जित-हारको खेल नबनाऔँ। यो निर्वाचनलाई देश बचाउने विवेकपूर्ण निर्णय बनाऔँ।
हजार पल्ट सोचेर मात्र भोट हालौँ। किनकि गलत निर्णयको मूल्य हाम्रो आगामी पुस्ताले चुकाउनु पर्छ।यो देशको स्वाभिमान, पुर्खाले हामीलाई सुम्पिएको यो माटो हामीले बचाउनु छ , हो स्वतन्त्र मुलुक कुनै विदेशीको क्रिडास्थल बन्न दिनु हुँदैन न युक्रेन न लिबिया यो हाम्रो प्राण भन्दा प्रिय हाम्रो देश कुनै विदेशी एजेन्डालाई छोडेर हामी निरिह बन्नु हुँदै हुँदैन रगत र आँसु का मूल्य लाई कमजोर नबुझौ विवेकको अमूल्य मत देश निर्माणको निम्ति प्रयोग गरौं ।
अस्तु ।

केन्द्रीय कमिटी सदस्य नेपाली कम्युनिस्ट पार्टी

Comments are closed

Related Post