Shopping cart

  • Home
  • राजनिती
  • बर्दिया-२ मा नेकपा (संयुक्त ) की निता शर्माको सम्भावना बलियो
देश

बर्दिया-२ मा नेकपा (संयुक्त ) की निता शर्माको सम्भावना बलियो

Email :716

बर्दिया । बर्दिया निर्वाचन क्षेत्र नं. २ मा यसपटकको चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

 

स्थापित दलका पुराना र अलोकप्रिय अनुहारहरूबीच नेकपा (संयुक्त) की केन्द्रीय सदस्य निता शर्मा (२८) एक आशालाग्दो र बलियो उम्मेदवारका रूपमा उदाएकी छन्।

ढोडरी, मधुवन नगरपालिका बर्दियाकी स्थायी बासिन्दा निता शर्मा स्नातक तह उत्तीर्ण युवा नेतृ हुन्। कम उमेरमै केन्द्रीय राजनीतिमा स्थापित हुन सफल उनी स्थानीय समाज, महिला, युवा र श्रमिक सवालमा सक्रिय रूपमा परिचित छन्।

स्थानीय मतदातामाझ “नयाँ पुस्ताको प्रतिनिधि” र “स्थानीय अनुहार” को रूपमा उनको चर्चा बढ्दो छ। प्रतिस्पर्धीहरू अलोकप्रिय, नितालाई फाइदा छ।  यस क्षेत्रका प्रमुख प्रतिस्पर्धी उम्मेदवारहरू विगतका कारणले जनअसन्तुष्टिको घेरामा छन्।

नेपाली कांग्रेसका किशोर सिंह राठौर गत निर्वाचनमा बाँके–३ बाट निर्वाचित भइसकेपछि यसपटक बर्दियामा “सारिएको उम्मेदवार” का रूपमा आएका छन्। स्थानीय मुद्दा नबुझेको र क्षेत्रसँग आत्मीयता नदेखिएको आरोपका कारण उनीप्रति आकर्षण घटेको देखिन्छ।

 

नेपाली कम्युनिस्ट पार्टीका  सुरेश पन्त गत निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेर  पराजित भएका थिए।

एमालेका उम्मेदवार हाल नेपालगन्ज निवासी, पूर्व समानुपातिक सांसद र पूर्व मन्त्री भए पनि स्थानीयसँग दूरी, “बा को भक्त” भनेर चिनिने प्रवृत्ति र पुरानै राजनीतिक शैलीका कारण अलोकप्रिय बनेका छन्।

 

रास्वपाका सृधर पोखरेल क्षेत्रमै खासै संगठन र प्रभाव जमाउन नसकेको, उमेरले पनि वृद्ध भएको भन्दै मतदाताको प्राथमिकतामा पर्न नसकेको अवस्था छ। स्थानीयता, युवा ऊर्जा र स्वच्छ छवि यी सबै अवस्थाले निता शर्मालाई स्पष्ट राजनीतिक लाभ पुगेको देखिन्छ। उनी स्थानीय घर–आँगनको समस्या बुझ्ने, नयाँ सोच बोकेको, विवादरहित छवि भएकी उम्मेदवार हुन्। विशेषतः महिला, युवा र परिवर्तन चाहने मतदाताहरू उनीप्रति आकर्षित भइरहेका छन्।

 

स्थानीय राजनीतिक जानकारहरू भन्छन्- “पुराना अनुहार र दोहोरिएका विवादबीच निता शर्मा परिवर्तनको विकल्प बनेकी छन्। यदि मत विभाजन न्यून भयो भने उनको जित्ने सम्भावना निकै बलियो छ।”

 

बर्दिया-२ मा यसपटकको चुनाव केवल दलहरूको प्रतिस्पर्धा होइन, पुरानो राजनीतिविरुद्ध नयाँ पुस्ताको परीक्षा जस्तै बनेको छ। यही सन्दर्भमा निता शर्मालाई केवल उम्मेदवार मात्र होइनन्, परिवर्तनको प्रतीकका रूपमा पनि हेरिन थालिएकाे छ।

चुनावी समीकरण र जनभावनाले निरन्तर यही दिशा लिएमा बर्दिया-२ बाट निता शर्माको जित असम्भव होइन, सम्भावनायुक्त यथार्थ बन्दै गएको छ।

Comments are closed

Related Post