Shopping cart

  • Home
  • राजनिती
  • जेनजीको माग पूरा गर्न सक्ने एकमात्र दल राप्रपा : कमल थापा
देश

जेनजीको माग पूरा गर्न सक्ने एकमात्र दल राप्रपा : कमल थापा

Email :131

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले जेनजी युवाहरूले उठाएको माग पूरा गर्न सक्ने नेपालको राष्ट्रिय राजनीतिमा एकमात्र दल राप्रपा भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित राप्रपा भेला तथा कार्यक्रममा उनले भने, “जेनजी युवाहरूले गत २० वर्षदेखि कायम रहँदै आएको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्तिको लागि आवाज उठाएका थिए। तर त्यो माग अधुरो छ र त्यसलाई पूरा गर्न सक्ने क्षमता राप्रपामा मात्र रहेको छ।”

उनले काङ्ग्रेस र कम्युनिष्ट पार्टीलाई देशको भ्रष्ट व्यवस्थाका मूल संवाहक भन्दै जनताले यसबाट मुक्ति खोजिरहेको बताए। साथै, स्वतन्त्र र स्वाभिमानी नागरिक भएर हेर्ने हो भने भ्रष्टाचार र असफल नीतिका कारण देश संकटमा परेको र त्यसबाट मुलुकलाई मुक्त गराउन राप्रपाले सक्षम भूमिका खेल्न सक्ने उनको दाबी छ।

Comments are closed

Related Post