Shopping cart

  • Home
  • समाज
  • फागुनको पहिलो साताभित्र देशभर मतपत्र पुग्छ : निर्वाचन आयोग
देश

फागुनको पहिलो साताभित्र देशभर मतपत्र पुग्छ : निर्वाचन आयोग

Email :46

निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै मतपत्र फागुनको पहिलो साताभित्र देशभर पुर्‍याइसक्ने जनाएको छ।

 

आयोगका अनुसार माघ ९ गते उम्मेदवारहरूलाई निर्वाचन चिह्न वितरण गरिनेछ । त्यसपछि प्रत्यक्षतर्फका मतपत्र छपाइ प्रक्रिया सुरु हुनेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले माघ महिनाभित्रै प्रत्यक्षतर्फका सबै मतपत्र छपाइ सम्पन्न गरिने र फागुनको पहिलो हप्तासम्ममा सबै मतदान केन्द्रसम्म मतपत्र पुर्‍याइने जानकारी दिए।

उनका अनुसार समानुपातिकतर्फ हालसम्म करिब डेढ करोड मतपत्र छपाइ भइसकेको छ भने बाँकी करिब ५० लाख मतपत्रको छपाइ अन्तिम चरणमा पुगेको छ।

Comments are closed

Related Post