Shopping cart

  • Home
  • राजनिती
  • गगनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्तावसहित कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दै
देश

गगनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने प्रस्तावसहित कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्दै

Email :102

काठमाडौं  । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टी कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिए ।

यस बैठकबाट कांग्रेसले सभापति गगन थापालाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार केन्द्रीय कार्यसमितिको निर्णयपछि थापालाई औपचारिक रूपमा प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिनेछ ।

 

सभापति थापाको सचिवालयका अनुसार प्रधानमन्त्रीको उम्मेदवार घोषणा भएपछि उनी आफ्नै निर्वाचन क्षेत्र सर्लाही–४ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

Comments are closed

Related Post