Email :74
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कुल ३ हजार ४ सय २८ उम्मेदवारले मनोनयन दर्ता गराएको छ ।
फागुन २१ गते निर्धारित चुनावका लागि प्रत्यक्ष निर्वाचन प्रणालीको १६५ सिटका लागि देशभरिबाट पुरुष ३ हजार ३७ र महिला ३ सय ९१ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।
उम्मेदवारको मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएकोमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार तथा सम्पूर्ण सरोकारवालालाई धन्यवाद व्यक्त गरेको छ ।














Comments are closed