Shopping cart

  • Home
  • राजनिती
  • कहाँ कहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालयहरु
देश

कहाँ कहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालयहरु

Email :104

काठमाडौं ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने कार्यक्रम छ ।

कार्यालयका अनुसार

काठमाडौं क्षेत्र नम्बर १ को कार्यालय सहकारी प्रशिक्षण केन्द्र नयाँ बानेश्वर
क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरा नगरपालिकाको नगर भवनमा कार्यालय
काठमाडौं– ३ को गोकर्णेश्वर नगरपालिकको वडा नम्बर ४ को कार्यालय
क्षेत्र नम्बर ४ को बूढानीलकण्ठ नगरपालिकाको ज्येष्ठ नागरिक समाज भवन चपली
निर्वाचन क्षेत्र ५ का लागि टोखा नगरपालिकाको श्री समाज भवन
क्षेत्र नम्बर ६ को तारकेश्वर नगरपालिकाको भवन धर्मस्थली
क्षेत्र नम्बर ७ का लागि बहुउद्देश्यीय मार्सल आर्टस् केन्द्र जुडोहल खुसिबु बालाजस
क्षेत्र नम्बर ८ को नागाजुर्न नगरपालिकाको नगरपालिका भवन
क्षेत्र नम्बर ९ को चन्द्रागिरि नगरपालिकाको भवन
काठमाडौं क्षेत्र नम्बर १० को कीर्तिपुर नगरपालिकाको वडा नम्बर २ को भवन बाघभैरव

 

Comments are closed

Related Post