Shopping cart

  • Home
  • राजनिती
  • कानुन व्यवसायी डेकेन्द्रप्रसाद सुवेदी सिन्धुलि १ बाट चुनाव लड्दै
देश

कानुन व्यवसायी डेकेन्द्रप्रसाद सुवेदी सिन्धुलि १ बाट चुनाव लड्दै

Email :1309

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कानुन व्यवसायी डेकेन्द्र प्रसाद सुवेदीलाई सिन्धुलि क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको उम्मेद्वारको बन्ने भएका छन् ।
समाजवादी पेशागत कानुन व्यवसायी संगठनका अध्यक्ष समेत रहेका सुवेदीलाई नेपाली कम्युनिष्ट पार्टीले  सिन्धुलि क्षेत्र नम्बर १ टिकट दिएको हो ।

टीकट पाएपछि सुवेदीले आफ्नो सामाजिक संजाल फेसवुकमा लेखेका छन्-

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सिन्धुलि क्षेत्र नम्बर १ को प्रत्यक्षतर्फको प्रत्यासीका रूपमा टिकट प्राप्त गरेको छु। यो अवसरका निम्ति सिंगो पार्टीपंक्ति, सिन्धुलि जिल्लाका आदरणीय तथा प्रिय कमरेडहरू, प्रिय साथीहरू, वागमति प्रदेशको पार्टी नेतृत्व तथा समस्त शुभेच्छुकहरूप्रति म हृदयदेखि नै आभार र धन्यवाद व्यक्त गर्दछु।

यहाँहरूले मप्रति देखाउनुभएको विश्वास, भरोसा र आत्मीयताले मलाई थप जिम्मेवार र दृढ बनाएको छ। यो विश्वास केवल राजनीतिक समर्थन मात्र होइन, सिन्धुलिको भविशष्य प्रतिको सामूहिक आशा र अपेक्षाको प्रतिबिम्बको रुपमा मैले बुझेको छु।
मेरो स्पष्ट प्रतीज्ञा छ( हालसम्म म कानुन कर्मिको रुपमा समाजप्रति प्रतिवद्द रहि आएको एक सामाजिक अभियान्ताको रुपमा कृयाशिल रहि आएकोमा आजको यो अवसरले मलाई कामको जिम्मेवारी रुपान्तरित हुनेछ। मेरो सम्पूर्ण ज्ञान, क्षमता र उर्जा सिन्धुलि जिल्लाको समग्र विकासमा समर्पित हुनेछ।

राजनीतिक चश्माभन्दा माथि उठेर म सबैको साझा प्रतिनिधिको रूपमा इमानदार भूमिका निर्वाह गर्नेछु। मेरा लागि पद होइन, कर्तव्य महत्वपूर्ण छ, सत्ता होइन, सेवा प्राथमिकता हो। सिन्धुलि जिल्लाको भौतिक र मानवीय दृष्टिले विकसित, समुन्नत र गौरवपूर्ण बनाउने। यहाँहरूले देखाउनु भएको विश्वासलाई जीवन्त राख्दै, परिणाममुखी काम मार्फत त्यसको सम्मान गर्नेछु।
हार्दिक अभिवादन सहित ! हार्दिक नमन !!

 

Comments are closed

Related Post