Email :58
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिता प्रदान गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्तसहित अन्य आयुक्तहरू र पदाधिकारीको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई वैधानिकता दिने निर्णय गरेको हो ।
शुक्रबार आयोगमा कांग्रेसको आधिकारिकता विवाद समाधान गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिव छलफलमा थिए । उनीहरू कानुन तथा राजनीतिक दल महाशाखाका अधिकारीसहित छलफलमा जुटेका थिए ।
विधान महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गरेको गगन नेतृत्वको कांग्रेसले आफ्नो नवनिर्वाचित कार्यसमितिको विवरण आयोगलाई अद्यावधिक गरेको थियो ।














Comments are closed