Shopping cart

  • Home
  • स्वास्थ्य
  • सुर्खेतमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण
देश

सुर्खेतमा विद्यार्थीहरूलाई न्यानो कपडा वितरण

Email :58

सुर्खेत । दाता ओङ्छु शेर्पाको उदार सहयोगमा सामुदायिक विकास केन्द्र नेपाल (सीडीसीएन) ले जाडो मौसम लक्षित कार्यक्रम अन्तर्गत आर्थिक रूपमा कमजोर परिवारका ५० जना विद्यार्थीलाई ज्याकेट र विद्यालय झोला वितरण गरेको छ। उक्त विद्यार्थीहरू श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चादनिचौकी, वीरेन्द्रनगर नगरपालिका–९, सुर्खेतमा अध्ययनरत छन्।

वितरण कार्यक्रममा सामुदायिक विकास केन्द्र नेपालकी अध्यक्ष राधा माताङ्गी तथा कोषाध्यक्ष रेशम नेपालीले आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका–९ का वडा अध्यक्ष ऋषि गिरी तथा विद्यालयका पूर्व प्रधानाध्यापक निम बहादुर शाहको समेत उपस्थिति रहेको थियो।

सामुदायिक विकास केन्द्र नेपालले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाव तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। साथै, कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विद्यालयका कार्यवाहक प्रधानाध्यापक हरि बहादुर बुढा र पुर्व प्रधानाध्यापक निम बहादुर शह प्रति विशेष कृतज्ञता व्यक्त गरिएको छ।

Comments are closed

Related Post