Shopping cart

  • Home
  • समाज
  • समानुपातिकतर्फ बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ८५
देश

समानुपातिकतर्फ बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या ८५

Email :79

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ भाग लिनका लागि बन्दसूची पेश गरेका दलका उम्मेदवारमध्ये अहिलेसम्म ८५ जनाले नाम फिर्ता लिएका छन् ।

 

आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका उम्मेदवारले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारले नै नाम फिर्ताका लागि निवेदन दिन पाउने व्यवस्था भए पनि आयोगमा ४ बजेभित्र छिरिसकेका उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिने क्रम जारी रहेको छ ।

 

जसपाले पेश गरेको बन्दसूचीबाट नाम फिर्ता लिएर लोसपाका उम्मेदवारको नाम समेट्ने गरी २१ जना जसपाको उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् ।

 

आयोगका अनुसार अहिलेसम्म सबैभन्दा बढी जसपाबाटै २१ जना उम्मेदवारले नाम फिर्ताका लागि निवेदन दिएका छन् भने दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १२ जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।

Comments are closed

Related Post