Shopping cart

  • Home
  • समाज
  • काठमाडौं-८ बाट युवा नेता विशाल लामा उम्मेदवार सिफारिस
देश

काठमाडौं-८ बाट युवा नेता विशाल लामा उम्मेदवार सिफारिस

Email :76

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले युवा नेता विशाल लामा तामाङलाई काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ बाट उम्मेदवारका रूपमा सिफारिस गरेको छ। काठमाडौं–८ अन्तर्गतका स्थानीय पार्टी कमिटीहरूले सर्वसम्मत रूपमा तामाङलाई उम्मेदवार बनाउने निर्णय गर्दै पार्टी केन्द्रमा सिफारिस गरेका हुन्।

 

युवा आन्दोलनको गर्भबाट राजनीतिमा उदाएका तामाङ शहरी राजनीतिमा नयाँ ऊर्जा, साहस र दृष्टिकोणको प्रतीक का रूपमा परिचित छन्। साविक नेकपा (एकीकृत समाजवादी) निकट युवा संगठन युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा बागमती प्रदेश इन्चार्जको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका उनी उपत्यकाभर सक्रिय र प्रभावशाली युवा नेताका रूपमा स्थापित छन्।

 

एमाले हुँदै नेकपा (एकीकृत समाजवादी) र पछिल्लो एकतामार्फत नेकपामा आवद्ध भएका तामाङले युवाको आकांक्षा, शहरी समस्याको समाधान र परिवर्तनमुखी राजनीतिलाई केन्द्रमा राखेर अघि बढ्ने दृढ संकल्प व्यक्त गरेका छन्।

 

उनले भनेका छन्, “अब काठमाडौंजस्ता शहरी क्षेत्रहरूमा पुरानै शैली होइन, युवाको नेतृत्व, नवीन सोच र जनउत्तरदायी राजनीति आवश्यक छ। अनुभवी नेताहरू हाम्रो अभिभावक हुन्, हामी उनीहरूको मार्गदर्शनमा जिम्मेवारी बोक्न तयार छौँ।”

 

नेकपाका वरिष्ठ नेता झलनाथ खनाल निकट मानिने तामाङलाई काठमाडौं–८ का युवाहरूले “आफ्नो पुस्ताको आवाज” का रूपमा हेर्न थालेका छन्।

Comments are closed

Related Post