Shopping cart

  • Home
  • समाज
  • नेपाली कम्युनिष्ट पार्टीले गर्यो बाँके ३ मा दिपक जिएमलाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस
देश

नेपाली कम्युनिष्ट पार्टीले गर्यो बाँके ३ मा दिपक जिएमलाई प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस

Email :186

बाँके। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाँके जिल्ला कमिटीले क्षेत्र न. ३ बाट दिपक जिएमलाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ ।

 

बाँके जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका उनि लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न रहँदै आएका छन। जिएम पछिल्लो समय समाजसेवामा पनि सकृय हुँदै आएका छन।

 

चुनावमा आफ्नो नाम सिफारिस भएपछि जिएमले कम्युनिस्ट पार्टीलाई धन्यवाद पनि दिएका छन। बौद्धिक रूपमा प्रखर, दार्शनिक चेतनाले समृद्ध र बेदाग छविका युवा नेताका रूपमा परिचित जिएमको सिफारिससँगै बाँके क्षेत्र न ३ मा राजनीतिक चासो बढेको छ।

 

उनी सहित क्षेत्र नं ३ मा दिपक जि एम , इन्द्र प्रसाद खरेल आई पि, मो शेर बागवान, दीपक कुमार गौरी मगर, समिन ईद्रिसी, कुबेर रिजाल, टेकेन्द्र मल्ल, मिरा कार्की, उत्तम कुमार गुप्ता, परमानन्द बर्मा सिफारिस भएका छन् ।

Comments are closed

Related Post