Email :62
वीरगञ्ज । दुई धार्मिक समुदायबीचको तनावपछि मंगलबार साँझ ६ बजेदेखि लगाइएको कर्फ्यू आज हटाइएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सर्वपक्षीय पाँच बुँदे सहमतिपछि कर्फ्यू हटाइएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा मंगलबार बसेको सर्वपक्षीय बैठकले आपसी समझदारीका साथ विवाद समाधान गर्ने निर्णय गरेको हो ।
हाल जिल्लामा शान्ति सुरक्षाको व्यवस्था सुदृढ हुँदै गएको छ र नागरिकले स्वतन्त्र रूपमा आवागमन, व्यापार-व्यवसाय लगायतका दैनिक गतिविधि निर्वाध रूपमा सञ्चालन गर्न सक्ने अवस्था बनेको छ ।
बैठकले धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह-आन्दोलनकारीलाई कानूनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने निर्णयसमेत गरेको छ ।















Comments are closed