Shopping cart

  • Home
  • समाज
  • राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिको प्रयोगशाला बन्यो : डा. रावल
देश

राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिको प्रयोगशाला बन्यो : डा. रावल

Email :110

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले राष्ट्रिय एकता कमजोर हुँदा नेपाल विदेशी शक्तिहरूको प्रयोगशाला बनेको दाबी गर्दै अब त्यस्ता प्रयोगहरू रोक्न वामपन्थी एकता भएको बताएका छन् ।

नेकपा उदयपुरगढी गाउँपालिकाद्वारा आज आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै डा. रावलले ००७ सालदेखि विदेशी शक्ति र देशभित्रका प्रतिक्रियावादी समूहले मिलेमतोमै नेपालमाथि एकपछि अर्को प्रयोग भएको बताए । ‘अब नेकपाले देशलाई प्रयोगशाला बन्न दिने छैन,’  उनले भने ।

 

नेपालमा जलविद्युत्, जडीबुटी, पर्यटन, उद्योगधन्दा र मेहनती जनशक्ति जस्ता अपार सम्भावना हुँदाहुँदै पनि राष्ट्रिय हितअनुसार ती स्रोतको
उपयोग हुन नसकेको उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण आफ्नो पार्टीको प्रमुख लक्ष्य भएको बताए ।

Comments are closed

Related Post