Shopping cart

  • Home
  • समाज
  • यथास्थिति र परिवर्तनबिचको संघर्ष अझै जारी छ : प्रचण्ड
मुख्य समाचार

यथास्थिति र परिवर्तनबिचको संघर्ष अझै जारी छ : प्रचण्ड

Email :78

काठमाडौ  । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई अगाडि बढाउन जिम्मेवार र सचेत परिवर्तन आवश्यक रहेको बताएका छन्।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश र जनताप्रतिको उत्तरदायित्वलाई केन्द्रमा राखेर पार्टी आत्मसमीक्षासहित अघि बढिरहेको उल्लेख गरे। उनका अनुसार अहिले पनि यथास्थितिलाई जोगाइराख्ने सोच र परिवर्तन चाहने धाराबिच संघर्ष चलिरहेको छ, जसमा परिवर्तनको पक्षमा दृढ, तर जिम्मेवार कदम चाल्नुपर्ने अवस्था आएको छ।

 

प्रचण्डले नयाँ वर्षले सबै नेपालीका लागि राजनीतिक स्थिरता, शान्ति, समृद्धि र सफलताको मार्ग खोलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्। उनले २०२६ साललाई आशा, ऊर्जा र नयाँ संकल्पको वर्षका रूपमा स्वागत गर्नुपर्ने धारणा राखे।

 

सन्देशमा उनले बितेको सन् २०२५ लाई स्मरण गर्दै जेन–जी युवापुस्ताबाट उठेको आन्दोलनले नेपाली राजनीतिमा नयाँ चेतनाको संकेत दिएको बताए। उक्त आन्दोलनले पुराना संरचना, कार्यशैली र राजनीतिक संस्कृतिमा आमूल सुधारको आवश्यकता उजागर गरेको उनको भनाइ छ।

संविधान निर्माणका क्रममा शक्ति–सन्तुलनका कारण तत्काल स्वीकार हुन नसकेका केही एजेन्डाहरूको औचित्य अहिलेको राजनीतिक परिस्थितिले पुष्टि गरेको प्रचण्डको दाबी छ। उनले वर्तमान तरल अवस्थामा अग्रगामी शक्तिहरूबिच आपसी समझदारी र राष्ट्रिय एकता अपरिहार्य बनेको बताए।

 

उनका अनुसार राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु आजको साझा जिम्मेवारी हो, जसले मात्र वर्तमान संकटको सकारात्मक समाधान दिन सक्छ।

Comments are closed

Related Post