Shopping cart

  • Home
  • समाज
  • एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड-नेपालद्वारा स्वागत
मुख्य समाचार

एमाले लगायत पार्टीबाट ५६ जना नेकपामा प्रवेश, प्रचण्ड-नेपालद्वारा स्वागत

Email :81

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेका केन्द्रीय सदस्य लेखमान थापा, पर्सा जिल्ला नेकपा एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारु सहित ५६ जनालाई नेकपामा स्वागत गर्नुभएको छ।

 

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एमाले लगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने विभिन्न तहका नेताकार्यकर्तालाई संयोजक प्रचण्ड, सहसंयोजक नेपाल लगायतका नेताहरूले खादा र माला लगाएर स्वागत गर्नुभयो।

 

पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुका तर्फबाट सम्बोधन गर्दै पर्सा जिल्ला एमालेका पूर्वअध्यक्ष जयप्रकाश थारुले अब पर्सा जिल्लाबाट एमाले बढारिने दाबी गर्नुभयो। उहाँले पर्सामा नेकपाको प्रभाव अझ मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।

 

नवप्रवेशीलाई स्वागत गर्दै संयोजक प्रचण्डले यस प्रवेशले पर्सा जिल्लामा नेपाली कम्युनिष्ट पार्टी थप सशक्त बन्ने बताउनुभयो। उहाँले पर्सामै भव्य कार्यक्रमका बीच पार्टी प्रवेश गराउने योजना भए पनि समय अभावका कारण केन्द्रीय कार्यालय पेरिसडाँडामै कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

Comments are closed

Related Post