Shopping cart

  • Home
  • समाज
  • आज वर्षकै सबैभन्दा छोटो दिन
अन्तर्राष्ट्रिय

आज वर्षकै सबैभन्दा छोटो दिन

Email :96

काठमाण्डौं । आज यो वर्षको सबैभन्दा छोटो दिन हो । आज दिन सबैभन्दा छोटो हुन्छ भने रात लामो । अंग्रेजी पात्रोअनुसार वर्षको एकदिन अर्थात डिसेम्बर २१ वा २२ का दिन छोटो र रात लामो हुने गरेको छ । यो वर्ष डिसेम्बर २१ मा परेको छ ।

 

बिहान ६ बजेर ५० मीनेटमा सूर्य उदाएकोमा साँझ ५ बजेर १४ मीनेटमा अस्ताउनेछ । वैज्ञानिकहरुका अनुसार जाडो मौसममा पृथ्वीको उत्तरी गोलाद्र्ध सूर्यबाट सबैभन्दा टाढा पर्छ । पृथ्वीले अण्डाकार कक्षमा सूर्यको फन्को लगाउने क्रममा पृथ्वीको कुन गोलाद्र्ध सूर्यको दिशामा झुकेको छ वा विपरीत दिशामा झुकेको छ भन्ने पक्षले चिसो मौसम र गर्मी मौसमको निर्धारण गर्दछ ।

 

त्यसैगरी, पृथ्वीको कुनै भूभागमा सूर्यको प्रकाश थोरै समयसम्म रहने र कुनै भूभागमा धेरै समयसम्म रहने हुँदा दिन छोटो र लामो हुन्छ । पृथ्वीको उत्तरी गोलाद्र्धमा रहेका मुलुकहरुमा आज वर्षकै छोटो दिन हुन्छ । तर दक्षिणी गोलाद्र्धमा रहेका मुलुकहरुमा आज वर्षको सबैभन्दा लामो दिन हो ।

Comments are closed

Related Post