Shopping cart

  • Home
  • समाज
  • शनिबार भृकुटीमण्डपमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुँदै
देश

शनिबार भृकुटीमण्डपमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुँदै

Email :145

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि भृकुटीमण्डपमा एकता सन्देश सभा आयोजना गर्दैछ । नेकपा बनेपछि सातै प्रदेशमा सन्देश सभा गरेको पार्टीले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा सभा आयोजना गर्न लागेको हो ।

उक्त सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई नेकपाले आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो ।

बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिद्वारा संयुक्त रूपमा आयोजना गरिने सभामा मञ्च व्यवस्थापन, नेताहरूको स्वागत, सुरक्षा व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गर्ने निर्णय गरिएको छ ।

सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्नेछन् ।

Comments are closed

Related Post