Shopping cart

  • Home
  • समाज
  • निर्वाचनको पर्यवेक्षणको अनुमति ३१ संस्थालाई (कुन् कुन् हुन् हेर्नुहोस्)
देश

निर्वाचनको पर्यवेक्षणको अनुमति ३१ संस्थालाई (कुन् कुन् हुन् हेर्नुहोस्)

Email :88

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न २७ ओटा राष्ट्रिय र चार ओटा अन्तर्राष्ट्रिय संस्थालाई अनुमति दिएको छ ।

 

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम आवश्यक प्रक्रिया पूरा गरेका संस्थालाई पर्यवेक्षणका लागि अनुमति दिएको आयोगले जनाएको छ ।

 

निर्वाचन पर्यवेक्षण गर्न इच्छुक संस्थाबाट १५ दिनको समयसीमा तोकी निवेदन आह्वान गरिएकोमा ४४ ओटा राष्ट्रिय र पाँच ओटा अन्तर्राष्ट्रिय संस्थाबाट आवेदन प्राप्त भएको आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

 

Comments are closed

Related Post