Shopping cart

  • Home
  • स्वास्थ्य
  • बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
अर्थ

बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने

Email :81

काठमाडौं । बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने भएको छ।

मृतकका बुवा राम कुमार राई, रस्ना राई, अलिशा राई र प्रसन राईलाई उपचार कार्ड उपलब्ध गराई निःशुल्क उपचारको व्यवस्था गरिएको अस्पतालले जनाएको छ।

उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ। खोटाङको केपिलागढी गाउँपालिका वडा नं ४ का प्रभिसन राईको यही मंसिर २३ गते उपचारका क्रममा निधन भएको थियो।

उनको निधनपछि विभिन्न राजनीतिक व्यक्ति, समाजसेवी, परिवार र अस्पताल प्रशासनबीच भएको छलफलबाट उक्त निर्णय भएको हो।  साथै काठमाडौंदेखि खोटाङसम्म शव लैजानको लागि अस्पतालले हेलिकप्टरको व्यवस्था समेत गराएको छ।

Comments are closed

Related Post