काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियार अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ बाट सम्मानित हुने भएका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले संजालमा भनेका छन् बाबासाहेब डा। भीमराव अम्बेडकरको ‘शिक्षित हौ, संगठित हौ र सङ्घर्ष गर’ भन्ने भनाइबाट आफू सधैँ प्रभावित रहेको र अम्बेडकरको नामसँग जोडिन पाउँदा आफूलाई खुसीका साथै गम्भीर र जिम्मेवार महसुस भएको बताएका छन्।
‘ज्ञानको कुनै समय र सीमा हुँदैन भन्ने कुरा बाबासाहेबले प्रमाणित गरिदिएका’ भन्दै, संसारभरका दलनमा पारिएका, हेपिएका र समाजको संस्कृति, अर्थतन्त्र र राजनीतिबाट छुटाइएकाहरूका खातिर आफूले सक्ने जति सबै गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। परियारका अनुसार पुरस्कार वितरण कार्यक्रम डिसेम्बर १३ र १४ तारिखमा दिल्लीमा हुने बताएका छन् ।















Comments are closed