Email :129
काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग बयान लिँदैछ । आईजीपी कार्कीसँग बयान लिनका लागि पत्र काटिएको जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए ।
घटना हुँदा एआईजी रहेका कार्की कात्तिक २७ गतेबाट प्रहरी महानिरीक्षक छन् । शुक्रबार आयोगमा एकसाथ तीन जनासँग सोधपुछ हुने भएको छ । बिहीबारदेखि नै बयान दिन पुगेका तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्व गृहसचिव गोकर्णमणी दुवाडीको बयान जारी छ ।
यी तीन जनाको बयान सकिएपछि पूर्वगृहमन्त्री रमेश लेखक र त्यसपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ ।














Comments are closed