Shopping cart

  • Home
  • समाज
  • द लेडिज आईकन विजेता भाेजपुर षडानन्दका उपप्रमुख प्रमिला राई सम्मानित
देश

द लेडिज आईकन विजेता भाेजपुर षडानन्दका उपप्रमुख प्रमिला राई सम्मानित

Email :564

काठमाडौ  । नेपाली कम्युनिष्ट पार्टी भोजपुर काठमाडौं सम्पर्क समन्वय समिति , मन्चले द लेडिज आईकन  बिजेता भोजपुर जिल्ला षडानन्द नगरपालीकाका उपप्रमुख प्रमिला राईलाई सम्मान गरेकाे छ ।

 

पार्टी कार्यलय पेरिस डाडामा बिहीबार एक कार्यक्रम गर्दै राईलाई  सम्मान गरेको हाे।

 

She Leads Icon कार्यक्रमले नेपालभरिका स्थानीय तहमा निर्वाचित महिलाहरू जसले सामान्यतया धेरै अवलोकन वा मान्यता नपाउने काम गर्दै आउनुभएको छ उहाहरूको योगदानलाई पहिचान गर्न सार्वजनिक प्लेटफर्म दिन्छ। यसले “महिला नेतृत्व सम्भावना” र “महिला प्रतिनिधित्व” लाई प्रोत्साहन गर्दछ। त्यसैको दोस्रो संस्करणको She Leads Icon कार्यक्रम ८ डिसेम्बर २०८२ (नेपाली मिति अनुसार) मा काठमाडौं, बत्तीसपुतलीमा आयोजना गरिने तय भएको थियो।

 

यस संस्करणका लागि ३१ महिला जनप्रतिनिधिहरूलाई “प्रेरणादायी प्रतिनिधि” को रुपमा छनोट गरिएको थियो। यी ३१ मा मेयर, उप–मेयर, अध्यक्ष /उपाध्यक्ष महिला प्रतिनिधिहरू जसले स्थानीय तहमा आफ्नो सेवा, नेतृत्व र योगदान देखाउनुभएको छ यी ३१ बाट सार्वजनिक मत, क्षेत्रीय रिपोर्ट र निर्णायक (जुरी) को मुल्याकनद्वारा ७ जनालाई “She Leads Icon” को रुपमा पुरस्कार र सम्मान गरिएको थियो। जसमा प्रमिला राई पनि एक हुन्।

 

पार्टी नेत्री तथा पूर्व मन्त्री पम्पा भुसालको प्रमुख आतिथ्यता र पार्टी नेता सुदेश पराजुलीको बिषेश आथिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्ष बिक्रम लकन्द्रीले गरेका थिए एटम बिद्रोहीले कार्यक्रम चलाएका थिए।

Comments are closed

Related Post