Email :137
काठमाडौँ । सरकार र जेनजीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सम्झौता भएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सगरमाथा हलमा जेनजी प्रतिनिधि र सरकारबीच सम्झौतामा हस्ताक्षर भएको हो।
गत भदौ २३ र २४ गते जनआन्दोलनसँग सम्बन्धित राजनीतिक विरोधको गतिविधिमा सहभागी भएकै कारण कसैउपर फौजदारी अनुसन्धान वा अभियोजन नगरिने भएको छ ।
सरकार र जेनजी प्रतिनिधिबिचको सम्झौतामा सबै राजनीतिक दलका सम्पत्ति तथा आर्थिक स्रोतको विवरण अनिवार्य रूपमा मागी सो उपर छानबिन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रियकरण गरी दोषी उपर कारबाही गर्न आवश्यक कानुनी प्रबन्ध गरिनेछ।
यस्तो छ- सम्झौताको पूर्णपाठ














Comments are closed