Shopping cart

  • Home
  • स्वास्थ्य
  • लुटिएका हतियार फिर्ता नभए चुनावै जोखिमपूर्ण: स्वतन्त्र नागरिक समाज नेपाल
अन्तर्राष्ट्रिय

लुटिएका हतियार फिर्ता नभए चुनावै जोखिमपूर्ण: स्वतन्त्र नागरिक समाज नेपाल

Email :72

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार अझै पूर्ण रूपमा फिर्ता नआएको भन्दै राष्ट्रिय स्वतन्त्र नागरिक समाज नेपालले आसन्न निर्वाचनको सुरक्षा वातावरणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।

 

काठमाडौँमा आयोजित “नेपालमा  लुटिएका हतियारले आसन्न निर्वाचनमा पार्ने असर” विषयक पत्रकार सम्मेलनमा संगठनका पदाधिकारीहरूले भयरहित तरिकाले मतदान प्रक्रियामा सहभागी हुने अवस्था नपुगेको दाबी गरे।


जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटीएका हतियार फिर्ता नभएसम्म भयरहित तरिकाले मतदान गर्ने वातारण नहुनेमा आशंका पैदा भएको छ ।

 

पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका अध्यक्ष फणीन्द्र नेपालले सरकारले १३/१४ सय हतियार तथा डेढ दुईलाख गोली लुटीएकोमा आधा भन्दा बढि फेला परे पनि आधा भन्दा केही कम फेला नपरेको बताई रहेको स्मरण गराउदै सुरक्षा कर्मीबाट लुटीएका सबै हतियार फिर्ता नभए सम्म भयरहित तरिकाले मतदान गर्ने वातारण नहुने बताए ।

 

उनले भने “हतियार र गोलीमा कसलाई हान्ने भन्ने नलेखिएकोले गोली जो कोही माथि पनि प्रहार हुन सक्छ” । एउटा पनि हतियार र दश थान मात्रै गोली नभेटिए पनि भयरहित तरिकाले मतदान गर्ने वातावरण नहुने बताए ।  हतियार कसैले रमाईलो गर्न नलुटेको बरु भाद्र २४ गते भन्दा अझ भयानक अवस्था सृजना गरी नेपालाई खरानी बनाउने ग्राईनडिजाइन सहित कुनै राष्ट्र लागेको हुन सक्ने आशंका गर्दै गृहमन्त्री ओम प्रकाश अर्यालले हतियार खोलाले बगायो भनि केटाकेटी कुरा गरेको भन्दै बगाएको भए प्रमाण देखाउन र फेला परेका हतियार पत्रकारका सामु सार्वजनिक गर्न चुनौती दिए ।

अध्यक्ष नेपालले आफूहरु सरकारको बिरोधी नभएको तर सरकारले जेनजी आन्दोलनको भावना अनुरुप काम नगरेको बताउनुभयो । उहाँले अहिलेकै अवस्थामा चुनाब भए पुरानै दल दोहोरिन सक्ने भन्दै जेनजीका अलगअलग धारणा र सरकारमा बस्नेको चुनाब भएन भने सरकार छाड्नु पर्दछ भने भयभित मानसिकताले जेनजीको भावना अनुरुप काम नभएको बताए ।  आवश्य परे अन्तरीम सरकार बनाएर संविधान संशोधन गर्नुपर्ने पनि बताए ।

 

सोही कार्यक्रममा राष्ट्रिय स्वतन्त्र नागरिक समाजका उपाध्यक्ष एवं नेपाल प्रहरीका पुर्वएआईजी रणबहादुर चन्दले सुरक्षाकर्मीबाट लुटीएका हतियार फिर्ता नभए सम्म भयरहित नरिकाले मतदान गर्ने वातावरण नहुने भएकोले सरकारले हतियार फिर्ता गर्न सहयोग गर्न सम्पूर्ण देशबासीलाई सार्वजनिक रुपमा आब्हन गर्नु पर्ने सुझाब दिए ।

उनले हतियार फिर्ता गर्ने अभियानमा आम नागरिक र सबै राजनीतिक दलले पनि आ-आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बिचार व्यक्त गरे १३/१४ सय हतियार तथा डेढ दुईलाख गोली लुटीएकोमा ६/७ सय फेला परे पनि अझै ५/६ सय फेला नपरेको र फेला नपेकोमा आधा जति लामो दुरीमा प्रहार गर्ने हतियार भएकोले झनै चुनौतीपुर्ण भएको बताए । लामो दुरीमा प्रहार गर्ने हतियारले दुईरतिन सय मिटरसम्म हान्न सक्ने भएकोले भय सृजना भएको पनि बताए ।

 

उनले हतियार गलत मनसाय साथ लुटीएको हुने सम्भावना बढी भएको आशंका गर्दै सरकार हतियार फिर्ता ल्याउन स्पष्ट रणनीति बनाएर अगाडी बढ्नुपर्ने सुझाब दिए ।

 

 

Comments are closed

Related Post