Shopping cart

  • Home
  • समाज
  • रामेछापको सुनापति डाडाँमा ३५ फिट अग्लो शिवको मूर्ति उद्घाटन,धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा
अर्थ

रामेछापको सुनापति डाडाँमा ३५ फिट अग्लो शिवको मूर्ति उद्घाटन,धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा

Email :74

रामेछाप । रामेछापको सुनापति गाउँपालिका वडा नं। ३र४ र ५ को संगम स्थल सुनापति डाडामा निर्माण गरिएको शिव मूर्ति उद्घाटन गरिएको छ ।

 

शनिबार आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव मुकुन्दप्रसाद निरौलाले ३५ फिट अग्लो शिवको मूति उदघाट्न गरेका हुन् ।

धार्मिक आस्था, सांस्कृतिक पहिचान र स्थानीय पर्यटन विकासलाई लक्ष्य राखी गरिएको यो मूर्ति स्थापना कार्यक्रममा विभिन्न सरकारी तथा गैर–सरकारी क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिव निरौलाले आन्तरिक तथा बाह् पर्यटकको आवागमन बढाउन पूर्वाधार र प्रचार प्रसारमा जोड दिनुपर्ने बताए । उनले सुनापतिमा भएका पर्यटकीय गन्तब्यको पहिचान गरी प्राथमिकता निर्धारण गर्न समेत सुझाव दिए ।

 

मन्त्रालयमा सीमित साधन र स्रोत भएपनि प्राथमिकतानका आधारमा पालिकाको पर्यटन प्रर्वधनमा सहयोग गर्न बचन दिएका सचिव निरौलाले अधुरा र अपूरा पूर्वाधार निर्माणमा बजेट थपका लागि पहल गर्ने स्पष्ट पारे । तीनै तहको सरकार मिलेर काम गर्नु पर्ने भन्दै सचिव निरौलाले सुनापतिलाई सुनापाथि बनाृउन जनप्रतिनिधिलाई सुझाए ।

 

सुनापति गाउँपालिकाका अध्यक्ष ठूलाेकान्छा तामाङले पालिकामा भएका पर्यटकीय सम्भावना भएका स्थानको जिर्णैद्वार र मर्मतका लागि पालिकाको बजेट पर्याप्त नभएर धेरै योजना अपूरा रहेको बताए ।

 

अध्यक्ष तामाङले अपूरा योजना सम्पन्न गर्नका लागि केन्द्र र प्रदेश सरकारको ढोका पपटक पटक चहारे पनि सुनुवाइ नभएको गुनासो गरे ।

उनले भने, ‘केन्द्र र प्रदेश सरकारका मान्छे भेटदा जुत्ता फाटे, गाडीको इन्धन डडो तर, सुनसवाइ भएन । स्थानीय तहका जनप्रतिनिधिलाई केन्द्र र प्रदेशले पत्याएनन् । ‘

 

पालिकामा उत्पादित बस्तु गुणूतरीय सडकको अभावले समयमा बजार लान नसक्दा कुहिने अवस्था रहेको भन्दै अध्यक्ष तामाङले पर्यटन सचिव मार्फत स्तानीय जनप्रतिनिधिका पनि कुरा सुनिदिन आग्रह गरे । स्तानीय स्तरमा उत्पादित बस्तुको प्रर्वधन गर्न नपाउँदा उत्पादक पनि निराश भएको गुनासो अध्यक्ष तामाङको थियो ।

 

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले पालिकालाई पर्यटनसित जोडन आग्रह गरे । पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा जोड दिएका वरिष्ठ निर्देशक थपलियाले भौतिक पूर्वाधारमा ध्यान दिनुपर्ने बताए ।

 

देशको अर्थतन्त्रको मुख्य सा्रेत नै पर्यटन क्षेत्र भएकोले प्रतिफल आउने गरी काम गर्न पालिकाका जनप्रतिनिधिलाई आग्रह गरे ।

पर्यटन सम्बन्धि योजना बनाउँदा परिणममूखी बनाउनु पर्ने भन्दै वरिष्ठ अधिकृत थपलियाले पर्यटन प्रर्वधनमा बोर्ड स्थानीय निकायसँग हातेमालो गरेर अघि बढन सधैं अतथार रहेको स्पष्ट पारे ।

 

डेनर्माकका लागि नेपालका अवैतानिक राजदूत हरि धरेलले पालिकाले पालिकाका पर्यटकीय क्षेत्रमा प्लाष्टिक निषेध गर्न आग्रह गरे । पालिका क्षेत्रमा पर्यटक सूचना केन्द्र राख्न सुझाव दिएका धरेलले परम्परागत शैलीलाई नै प्रोत्साहन गर्न सुझाए ।

 

टानका कार्यसमिमति सदस्य अमिर गुरुङले सुनापति क्षेत्र आन्तरिक था बाह् पर्यटकका लागि आर्कषक गन्तब्य बन्ने बताए । यस क्षेत्रमा रहेका लहरे माने, शिवको मूर्ति र बन्दै गएको मच्छिन्द्र नाथको मन्दिरले पर्यटकको मन लोभ्याउने बताए ।

 

तामाङ बस्तिमा शिवको मूर्ति बन्नु धार्मिक सहिष्ण्ताको अनुपम उदाहरण भन्दै सदस्य गुरुङले सुनापति डाँडालाई वरिपरिबाट हिमालले स्वागत गरेको बताए । तानको तर्फबाट पर्यटन प्रर्वधनका लागि पालिकालाई सक्दो सहयोग गर्ने बचन दिएका गुरुङले अब हिमाल भन्दा पनि बाह्य पर्यटका लागि धर्म र संस्कृति बेच्नु पर्नेमा जोड दिए ।

पर्यटन ब्यावसायी तथा अल्टिच्युड एयरका सन्चालक राम सापकोटा सुनापति गाउँ सुन फल्ने भएकोले ट्रेकिङ ट्रायल गराउने बताए । पूर्वाधार निर्माणमा नै जोड दिएका ब्यावसायी सापकोटाले पर्यटकका लागि बस्न स्तरीय होटल निर्माण गराउन आग्रह गरे ।

त्यसैगरी विशेष अतिथिहरूमा नेपाल सरकारका सह–सचिव रुद्रसिंह तामाङ र असमान तामाङ रहेका थिए।
कार्यक्रममा नेपाल ट्राभल तथा टुर सोसाइटीका अध्यक्ष मानबहादुर शाही, COAP का अध्यक्ष देवी प्रसाद पन्त, भिटोफ कार्यसमिति सदस्य डेभिड चौधरी सहितको उपस्थिति रहेको थियो।

वडा नं ३ का वडाध्यक्ष कुल बहादुर थिङले स्वागत मनतब्य राखेको कार्यक्रमकार्यक्रमको सञ्चालन सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले गरेका थिए।

अतिथिहरूले सुनापति क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना मजबुत रहेको अभिव्यक्ति राख्दै शिव मूर्ति स्थापना यस क्षेत्रको सांस्कृतिक समृद्धि र धार्मिक आकर्षणको केन्द्रका रूपमा विकसित हुने विश्वास व्यक्त गरे। स्थानीय समुदायको सहभागिता, धार्मिक आस्था र पर्यटन प्रवर्द्धनलाई जोड्दै कार्यक्रम सम्पन्न भएको थियो।

शिव मूर्ति उद्घाटनसँगै सुनापति गाउँपालिका धार्मिक पर्यटन प्रवर्द्धनको नयाँ आयाममा प्रवेश गरेको स्थानीय सरोकारवालाहरूले बताएका छन्।

 

Comments are closed

Related Post