Shopping cart

  • Home
  • समाज
  • बालुवाटारमा सर्वपक्षीय बैठक जारी
देश

बालुवाटारमा सर्वपक्षीय बैठक जारी

Email :123

काठमाडौं । बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

आसन्न निर्वाचनको विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला काकीले बैठक आह्वान गरेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार, निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र वातावरणबारे छलफल भइरहेको छ ।

 

बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूको उपस्थित छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरू पुगेका छन् ।

 

बालुवाटार बैठकमा निर्वाचन आयोगबाट कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी, आयुक्त जानकीकुमारी तुलाधर, आयुक्त सगुनशमशेर राणा, सचिव महादेव पन्थ, सहसचिव नारायण प्रसाद भट्टराई, सहसचिव यज्ञप्रसाद भट्टराई र सहसचिव राजेन्द्रकुमार केसी सहभागी रहेका छन् ।  त्यस्तै राजनीतिक दलहरूबाट नेपाली कांग्रेसका गगन थापा र पुष्पा भुसाल, नेकपा एमालेबाट शङ्कर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीबाट शक्ति बस्नेत र प्रकाश ज्वाला, रास्वपाबाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमतबाट नरेन्द्र चौधरी सहभागी छन् ।

 

त्यस्तै बैठकमा सरकारबाट प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेल सहभागी रहेका छन् भने ४ वटै सुरक्षा निकाय प्रमुख पनि बैठकमा उपस्थित रहेका छन् ।

Comments are closed

Related Post