Shopping cart

  • Home
  • समाज
  • एकीकृत समाजवादी,माओवादी सहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा -चुनाव चिह्न तारा
अन्तर्राष्ट्रिय

एकीकृत समाजवादी,माओवादी सहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा -चुनाव चिह्न तारा

Email :159

काठमाडौं । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहित विभिन्न आठ दलबीच कार्तिक १९ गते एकता घोषणा हुने भएको छ । आठ दलका शीर्ष नेताहरुबीचको बैठकले आइतबार पार्टी एकता सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । आइतबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदलको बैठकमा यी पार्टीहरूबिच १८ बुँदे सहमति भएको हो ।

पार्टी एकता सहमति पत्रमा पूँजीवादी-जनवादी क्रान्तिको उपलब्धिको रूपमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधिनताको रक्षा, सुशासन, सामाजिक न्याय र आर्थिक सामाजिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पुरा गर्न वृहत कम्युनिष्ट आन्दोलनको एकिकरण आजको वस्तुगत आवश्यकता रहेको उल्लेख गरिएको छ ।

आगामी १९ गते यी पार्टीहरूबिच एकता घाेषणा गरिनेछ ।

 १८ बुँदे सहमति सहमती 

१.पार्टीको मार्गनिर्देशक सिद्धान्त : मार्क्सवाद९लेनिनवाद हुनेछ ।
२.नेपाली क्रान्तिको कार्यक्रम : नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुनेछ ।
३. पार्टीको तात्कालिक कार्यनीति: पुँजिवादी जनवादी क्रान्तिका उपलब्धिहरूको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गरिने छ ।
४. आन्दोलनको स्वरूप : आन्दोलन मूलतः शान्तिपूर्ण हुनेछ । परिस्थिति अनुसार सडक, सदन र सरकार लगायत आवश्यकता अनुसारका सबै मोर्चाहरू आन्दोलनको मोर्चा हुनेछन् ।
. पार्टीको एकता राष्ट्रिय सम्मेलन : एकता प्रक्रियामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कार्तिक १९ गते गरिने छ । एकता राष्ट्रिय सम्मेलनबाट पार्टी एकताको घोषणा, घोषणा पत्र र अन्तरिम विधान पारित र केन्द्रीय समितिको गठन लगायतका कार्यहरू गरिनेछ ।
६. एकता राष्ट्रिय महाधिवेशन : आगामी ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गरिनेछ ।
७ . केन्द्रीय समितिको गठन : एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय समितिहरूलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिने छ ।
८.केन्द्रीय समिति भित्रको संरचना : केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय, कार्य संयोजन समिति हुनेछ ।
९. संयोजक र सहसंयोजक : केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद हुनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सह संयोजकको व्यवस्था हुनेछ ।
१०. सहमति र समन्वय : एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिनेछ ।
११. सबै तहको पार्टी पङ्क्तिमा एकता समायोजन : सबै तहका पार्टी समितिहरू र जनसङ्गठनहरूमा इन्चार्ज तथा सहइन्चार्ज र संयोजक तथा सहसंयोजक सम्भव भएसम्म एकतामा सहभागी घटकहरूबाट रहने व्यवस्था गरिने छ ।
१२. दुई तहमा रहन सक्ने : कुनै पनि सदस्यहरू दुई तहको समितिमा रहन सक्ने छन् ।
१३. पार्टी समितिहरूको सञ्चालन : पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रियताको सिद्धान्त अनुरुप हुनेछ ।
१४. राजनीतिक प्रतिवेदन र कार्यक्रम : पार्टी एकता घोषणापश्चात् राजनीतिक प्रतिवेदन, कार्यक्रम लगायतका दस्तावेजहरू निर्माण गर्न कार्यदल गठन गरिने छ ।
१५. सङ्गठनात्मक समायोजन : पार्टी समितिहरू र जनसङ्गठनहरूमा सङ्गठनात्मक एकता र समायोजनका लागि विभिन्न तहमा कार्यदल गठन गरिनेछ ।
१६. पार्टीको तहगत कार्यकारी समितिहरु: केन्द्र, भौगोलिक र गैरभौगोलिक दुबै तर्फका प्रदेश, जिल्ला, पालिका र वडा तह कार्यकारी हुनेछन् । संघ र प्रदेश निर्वाचन क्षेत्रमा समन्वय समिति हुने र टोल तथा प्रारम्भिक स्तरका समितिहरु संगठन समितिको रूपमा रहने छन् ।

१७. पार्टीको नाम र चुनाव चिन्ह : पार्टीको…. नाम रहने र चुनाव चिन्ह पाँचकुने तारा हुने छ ।
१८. मतभेद समाधान : वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरूबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुयाईने छ ।

569846317_1032251552326889_6641558663724938403_n

Comments are closed

Related Post