Shopping cart

  • Home
  • समाज
  • केपी ओली, लेखकसहित ५ जनाको पासपोर्ट रोक्का,उपत्यका छाड्न पनि अनुमति चाहिने
अन्तर्राष्ट्रिय

केपी ओली, लेखकसहित ५ जनाको पासपोर्ट रोक्का,उपत्यका छाड्न पनि अनुमति चाहिने

Email :263

काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राज्यपक्षबाट भएको दमनबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनालाई अनुसन्धानमा तानेर बिदेश भ्रमणमा रोक लगाएको छ ।

आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान बिभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई अनुसन्धानमा तानेको हो ।

अनुसन्धानमा तानेपछि आयोगले पाँचै जनाको विदेश भ्रमणमा पनि रोक लगाएको छ ।

यस्तै छानबिनका लागि जुनसुकै बेला पनि उपस्थित हुनुपर्ने भन्दै आयोगको स्वीकृतिबेगर काठमाडौं नछाड्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेको छ ।

 

आयोगले  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्की र काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीलाई भने अनुसन्धानको दायरामा ल्याएको छैन ।

Comments are closed

Related Post