Shopping cart

  • Home
  • समाज
  • ७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र
देश

७५ जिल्लामा पुग्यो निर्वाचन सामग्री र मतपत्र

Email :56

काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्‍याइएको छ ।

काठमाडौं र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्‍याइएको निर्वाचन आयोगले जनाएको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र ७५ जिल्ला पुर्‍याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए ।

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइनेछ ।

Comments are closed

Related Post