Shopping cart

  • Home
  • समाज
  • २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय
अन्तर्राष्ट्रिय

२६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय

Email :112

काठमाडौं । सरकारले फेस बुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार सो निर्णय गरेको हो ।

सरकारले आजदेखि नै ती सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरिसकेको छ । मन्त्रालयमा बिहीबार बसेको बैठकले सर्वोच्चको परमादेश र मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि तत्काल प्रभावबाट २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

स्रोतका अनुसार, दर्ता प्रक्रिया अगाडि बढाएमा ती सामाजिक सञ्जाललाई क्रमशः खोलिदै लैजाने निर्णय भएको छ ।

यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरमार्फत विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन र नियमनका लागि कानुन बनाउन सरकारलाई परमादेश जारी गरेको थियो ।

 

प्रसारण नियमावलीअनुसार कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रसारण गर्ने कार्यक्रम नेपालमा डाउनलिंक गरी प्रशारण गर्न चाहने व्यक्ति वा संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ । सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेकै बेला सर्वोच्चले परमादेश जारी गरेको हो ।

Comments are closed

Related Post