Shopping cart

  • Home
  • समाज
  • स्ट्रेट अफ होर्मुज अमेरिका र इजरायलका जहाजबाहेक अन्यका लागि खुला छ: इरान
अन्तर्राष्ट्रिय

स्ट्रेट अफ होर्मुज अमेरिका र इजरायलका जहाजबाहेक अन्यका लागि खुला छ: इरान

Email :95

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द नभएको स्पष्ट पारेका छन् । यो महत्वपूर्ण समुद्री मार्ग अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको छ, अन्य देशका जहाजहरू सामान्य रूपमा आउजाउ गर्न सक्छन् ।

एक अन्तर्वार्तामा उनले भने, ‘स्ट्रेट अफ होर्मुज खुला छ, तर इरानमाथि हमला गर्ने वा दुश्मन राष्ट्रका जहाजलाई रोक लगाइन्छ । बाँकी देशका जहाज निर्बाध चल्न सक्छन् ।’ यद्यपि, सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न अस्वीकार गरेका छन्, जसले विश्वव्यापी इन्धन आपूर्तिमा प्रभाव पारेको छ । उनले यो निर्णय जहाज कम्पनीहरूको भएको र इरानसँग प्रत्यक्ष सम्बन्ध नभएको बताए । केही तेल ट्यांकरहरू अझै पनि यो मार्गबाट आवतजावत गरिरहेका छन्, जसमा भारततर्फ जाँदै गरेका दुई जहाज पनि समावेश छन् ।

यसैबीच, अमेरिकाले इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग द्वीपमा सैन्य लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज खुला राख्न चीन, फ्रान्स, जापान, दक्षिण कोरिया, बेलायतलगायत देशहरूलाई युद्धपोत पठाउन आह्वान गरेका छन् ।

Comments are closed

Related Post