
काठमाडौं । नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले सूर्य चुनाव चिन्हमा चित्त नबुझे नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को निर्वाचन चिन्ह तारामा भोट हाल्न आह्वान गरेका छन् । गण्डकी प्रदेशमा पूर्व मन्त्री समेत रहेका गुरुङले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो आह्वान गरेका हुन् ।
‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ’, गुरुङले सामाजिक सञ्जालमा भनेका छन्, ‘एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ ।’
नेपालको वामपन्थी आन्दोलनलाई जोगाउन पनि यो उपाय आवश्यक भएको उनको तर्क छ । ‘दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरूले कतै मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरू फेरि वामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात् तिनीहरू सधैँको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन्, अर्को पालीको निर्वाचनमा नेपालमा वामपन्थी कम्युनिस्ट पार्टीहरू रक्षात्मक र कमजोर हुन सक्छन्’, उनले भनेका छन् ।
गुरुङको स्ट्याटस
नेपालमा बामपन्थी कम्युनिष्टहरुको मत बढी छ तर विभाजित छ।विभाजित हुनु दुर्भाग्य हो तर कम्युनिष्टको मत कम्युनिस्ट पार्टीमा नै यता उता हुनु अर्थात् अन्त बुर्जुवा पार्टीतिर नसर्नु सकारात्मक थियो। विगतमा माओबादी को आकार बढ्दा एमालेको आकार घटेको थियो एमालेको आकार बढ्दा माओबादिको घटेको थियो एमाले माओबादी मिल्दा झण्डै दुई तिहाई पुगेको थियो।तर अहिलेको निर्वाचनमा ती दुई पार्टीमा भोट हाल्दै आएका मतदाताहरुले कतै मत परिवर्तनको नाममा बुर्जुवा पार्टीलाई भोट हालेमा तिनीहरू फेरि बामपन्थी पार्टीमा फर्केर आउने सम्भावना कम हुन्छ अर्थात् तिनीहरू सधैंको लागि बुर्जुवा वर्गमा पलायन हुन सक्छन्।अर्को पालीको निर्वाचनमा नेपालमा बामपन्थी कम्युनिस्ट पार्टीहरू रक्षात्मक र कमजोर हुन सक्छन। त्यसैले कम्युनिस्ट पार्टीको मत आ आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौं बुर्जुवातिर सार्ने गल्ती नगरौं। ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौं, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौं तर अन्य पार्टीमा नहालौ।












Comments are closed