झापा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ का मतदातासामु ४२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
“निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली हाम्रो गन्तव्य” भन्ने मूल नारासहित सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाधीनता, पूर्वाधार विकास, कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक न्यायलाई प्रमुख प्राथमिकता दिइएको छ ।
पूर्वाधार र सेवा क्षेत्रका प्रमुख प्रतिबद्धता
– रोकिएका तथा अधुरा सबै विकास निर्माण आयोजना पूरा गर्न सशक्त पहल
– भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पूर्जा
– जनता आवास तथा विपन्न आवास कार्यक्रमलाई निरन्तरता
– सबै ग्राभेल सडकलाई क्रमशः कालोपत्रे
– प्रत्येक पालिकामा सुविधासम्पन्न खेलमैदान र वडा तहसम्म विस्तार
– सामुदायिक क्याम्पस तथा विद्यालयलाई भौतिक र शैक्षिक रूपमा सक्षम बनाउने
– खानेपानी आयोजनाका अधुरा काम सम्पन्न गरी प्रत्येक घरमा स्वच्छ पानी
कृषि, स्वास्थ्य र रोजगारी
– भूमिगत तथा सतही सिँचाइ विस्तार
– कृषि आधुनिकीकरण र यान्त्रिकीकरण, बजारीकरणमा जोड
– जैविक मल कारखाना स्थापनाका लागि पहल
– समग्र कृषि विकासमार्फत खाद्यान्नमा आत्मनिर्भरता
– स्वास्थ्य बीमा सेवा विस्तार र नगर अस्पतालहरूको स्तरवृद्धि
दमक, कमल, गौरादह र गौरीगञ्ज केन्द्रित योजना
– दमक–चिसापानी रवि सडक पुनः ठेक्का लगाई निर्माण
– दमक–उर्लाबारी जोड्ने मावा खोलामा पक्की पुल
– दमकको बिजनेस टावर सञ्चालन र ल्यान्ड पुलिङ
– विज्ञान पार्क, इन्द्रेणी ताल, पशुपति सिमसार र लाजेको बाँधलाई पर्यटकीय गन्तव्य
– नेपाल–चीन मैत्री औद्योगिक पार्क सम्पन्न गर्ने
– मदन भण्डारी रङ्गशाला तथा आदिबासी रङ्गशाला निर्माण
– हुलाकी मार्गअन्तर्गत माई नदी पुलको अधुरो काम पूरा
– विराट बुद्धपार्क र दमक सभाहल सञ्चालन
– कमलस्थित प्रादेशिक आयुर्वेदिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा स्तरवृद्धि
पर्यटन, संस्कृति र वातावरण
– विभिन्न सिमसार, सामुदायिक वन र धार्मिक स्थलको संरक्षण तथा पर्यटन विकास
– रतुवामाई वृक्षारोपण आयोजनाअन्तर्गत फलफूलखेती विस्तार
– गौरादह बजारको पोखरीलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास
















Comments are closed