Shopping cart

  • Home
  • देश
  • सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
अन्तर्राष्ट्रिय

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

Email :51

काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव  भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर  रु तीन लाख एक हजार ५०० कायम भएको छ । हिजो आइतबार एक तोला सुन रु तीन लाख  लाख एक हजार ७०० मा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेर रु चार हजार ६७० पुगेको छ । हिजो  एक तोला चाँदी रु चार हजार ६४५ मा किनबेच भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ३२२ र चाँदीको मूल्य प्रतिऔँस ६३ अमेरिकी डलर कायम भएको छ ।

Comments are closed

Related Post