काठमाडौं । दक्षिणकाली नगरपालिका–५ महाकालमा २० दिने महिला सीप विकास तालिम सफलतापूर्वक सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा सामाजिक विकास नेपालको संयोजनमा भएको उत्तः तालिम सोमबार सम्पन्न भएको हो ।

स्थानीय नियकायका ३० जना महिलाहरुलाई लक्षित गरी क्रिस्टल तथा पोतेका सामग्री बनाउने सम्बन्धी उक्त तालिमको समापन कार्यक्रममा दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आयआर्जनसँग जोड्न सहभागीलाई आग्रह गर्नुभयो । उहाँले गुणस्तरीय सामग्री उत्पादन गर्न सके स्थानीय सरकारका तर्फबाट बजारीकरणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उद्यमी बन्न सानो बाट सुरु गर्न सकिने भन्दै उहाँले प्राप्त शिपलाई बजार सम्म लैजान र प्राप्त ज्ञान शिपलाई मर्न नदीन आग्रह गर्नुभयो ।

संस्थाकी अध्यक्ष मनिशा पोखरेलले छोटो अवधिमा सहभागीहरूले उल्लेखनीय सिकाइ हासिल गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले क्रिस्टल तथा पोतेजन्य सामग्रीको बजार राम्रो रहेकाले उत्पादनमा सक्रिय हुन सहभागीलाई प्रेरित गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि सुरेश निरौला, प्रशिक्षक कृष्णा शाही तथा सामाजिक विकास नेपालकी अध्यक्ष मनिशा पोखरेल, स्थानिय निकायका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

तालिममा सहभागी महिलाहरूले सीपमूलक ज्ञान प्राप्त गरेको र आगामी दिनमा आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरेका छन् । आयोजकका अनुसार यस्ता कार्यक्रमले महिला सशक्तीकरणसँगै स्थानीय स्तरमा रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

२० दिन सम्म चलेको तालिमामा ३५ प्रकारका सामागी्रहरु बनउने शिप हस्तान्तरण गरेको प्रशिष्क्ष्क शाहीले बताउनु भयो । तालिमामा सहभागीलाई प्रमाण पत्र साथै उत्कृष्ट सहभागीलाई आफैले उत्पादन गरेको बस्तुहरु पुरस्कार र मायाको चिनो समेत प्रदान गरीएको थियो ।

महिला शसत्तिकरणका क्षेत्रमा कार्यरत सामाजिक विकास नेपालले यस अधि पनि विभिन्न निकायमा यस प्रकारका पमला शसक्तिकरण र आय आर्जनको क्षेत्रमा कार्य गर्दै आएको छ ।














Comments are closed