Shopping cart

  • Home
  • समाज
  • सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको फैसला
अन्तर्राष्ट्रिय

सिरियाका पूर्व राष्ट्रपति असदलाई मृत्युदण्डको फैसला

Email :69

सिरियाको एक अदालतले पदच्युत राष्ट्रपति बशर अल-असद र उहाँका कान्छा भाइलाई मृत्युदण्डको सजाय सुनाएको छ । करिब पाँच लाख मानिसको ज्यान गएको १४ वर्ष लामो सिरियाली द्वन्द्वका क्रममा मानव अधिकारविरुद्धका र युद्ध अपराध गरेको अभियोगमा मंगलबार मृत्युदण्डको सजाय सुनाएको हो ।

उहाँहरू दुवैजना अदालतमा उपस्थित हुनुहुन्थेन । राजधानी दमस्कसस्थित अदालतले सुनाएको यो सजाय असद परिवारको पाँच दशक लामो शासन अन्त्य भएयता उहाँ वा उहाँको भित्री घेराका सदस्यविरुद्धको पहिलो फैसला समेत हो ।

यही मुद्दामा असदका काकाका छोरा आतिफ नजिबलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । उहाँलाई दक्षिणी प्रान्त दारामा दमनको नेतृत्व गरेको अभियोगमा दोषी ठहर गरिएको थियो । सोही दमनपछि विद्रोह र देश गृहयुद्धमा परिणत भएको थियो ।

कडा सुरक्षाबीच नजिब कैदीको पोसाकमा उभिनुभएको थियो । न्यायाधीशले फैसला पढेर सुनाएका थिए । फैसला सुन्न मध्य दमस्कसस्थित अदालत परिसरबाहिर सर्वसाधारणको ठूलो भीड लागेको थियो ।

सन् २०२४ डिसेम्बरमा असद सरकार ढलेपछि बशर र उहाँका भाइ माहेर अल-असद रुस पलायन हुनुभएको थियो । सिरियाका नयाँ शासकले असद दाजुभाइलाई स्वदेश फर्काउन रुससँग आग्रह गर्दै आउनुभएको छ ।

Comments are closed

Related Post