Shopping cart

देश

सिन्धुली-२ मा रास्वपाका गजुरेल विजयी

Email :30

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिन्धुली क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार आशिष गजुरेल विजयी भएका छन् । शनिबार (फागुन २३) सम्पन्न मतगणनामा १७ हजार ९४० मत ल्याएर उनी सांसद निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार लेखनाथ दाहालले १४ हजार ७८० मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार मनोजजंग थापाले ११ हजार ६०६ मत ल्याए ।

नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६०, स्वतन्त्र उमेदवार महेश्वर दाहालले ५८६ मत पाएका निर्वाचन आयोगले जनाएको छ ।

Comments are closed

Related Post