Email :59
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ का प्रभावशाली युवा नेता तथा पूर्व कार्यपालिका सदस्य तथा नेता शरद विकले नेपाली कांग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
लामो समयदेखि कांग्रेसको क्रियाशील सदस्यका रूपमा सक्रिय वि.क.लाई आज जलविरेमा आयोजित चुनावी अभियानका क्रममा युवा उम्मेदवार माधव सापकोटा ‘सुबोध’ ले टिका र खादा लगाएर पार्टीमा स्वागत गरे। वि.क.को पार्टी प्रवेशले फुल्पिङकोट क्षेत्रमा पार्टीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ। सापकोटाले शरदको आगमनले चुनावी अभियानमा नयाँ ऊर्जा थपिएको उल्लेख गर्दै उनको योग्यता र क्षमताअनुसार पार्टीले उचित जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।












Comments are closed