Shopping cart

  • Home
  • समाज
  • सामाजिक सञ्जालमाथि गरिएको अवरोध जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार,जेनजीको आक्रोश स्वाभाविक-प्रचण्ड
अन्तर्राष्ट्रिय

सामाजिक सञ्जालमाथि गरिएको अवरोध जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार,जेनजीको आक्रोश स्वाभाविक-प्रचण्ड

Email :95

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीको आक्रोश स्वाभाविक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजीले भोलि गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन् ।

उनले युवाहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल अवरोधविरुद्ध गर्न लागेको प्रदर्शन स्वाभाविक भएको बताए ।“सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ,” प्रचण्डले सामाजिक सञ्जालमार्फत स्पष्ट पारे ।

प्रचण्डले भ्रष्टाचारविरुद्ध जनतासँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनलाई अझ प्रभावकारी बनाइने बताए ।

Comments are closed

Related Post