Shopping cart

  • Home
  • समाज
  • ‘सरकारका सय दिन जनअपेक्षाअनुसार भएनन्’ : प्रचण्ड
देश

‘सरकारका सय दिन जनअपेक्षाअनुसार भएनन्’ : प्रचण्ड

Email :69

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शनिबार बुटवलमा आयोजित नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले जनतालाई दिएको अपेक्षा र प्रतिबद्धताअनुसार काम गर्न नसकेको टिप्पणी गरे। उनका अनुसार सरकारको सय दिने कार्यकाल उपलब्धिमूलक देखिएको छैन।

प्रचण्डले सरकार गठनअघि गरिएका प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन नसकेको उल्लेख गर्दै यस अवधिको कार्यसम्पादनलाई निराशाजनक रहेको बताए।

वाम एकताबारे सञ्चारकर्मीको प्रश्नमा उनले तत्काल पार्टी एकीकरणको सम्भावना नरहेको स्पष्ट पारे। अहिलेको प्राथमिकता विभिन्न राजनीतिक दलबीच सहकार्य र समन्वयलाई अघि बढाउनु रहेको उनको भनाइ थियो।

उनले कांग्रेस, एमालेलगायत अन्य दलसँग पनि आवश्यक विषयमा सहकार्यको वातावरण बनाउन छलफल भइरहेको जानकारी दिए।

नेकपाले सुरु गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, बलदेव खनाललगायत शीर्ष नेताहरूको सहभागिता रहेको छ।

Comments are closed

Related Post