Email :38
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ समीक्षा बास्कोटाले उपसभापति पदको मनोनयन फिर्ता लिएकी छन् । रास्वपा महाधिवेशनमा दर्ता गरेको उपसभापति पदको मनोनयन फिर्ता लिएकी हुन् ।
बास्कोटाले उपसभापतिका लागि उम्मेदवारी दिएकी कानूनमन्त्री सोविता गौतमसँगको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राख्दै उम्मेदवारी फिर्ता लिएको जानकारी गराएकी हुन् ।
‘कहिलेकाहीँ संस्थालाई अझ एकताबद्ध बनाउन र सही लयमा अघि बढाउन केवल दाबी गर्नु मात्र होइन, आवश्यक पर्दा एक कदम पछाडि हट्न सक्नु पनि परिपक्व र बुद्धिमानीपूर्ण राजनीतिक निर्णय हुन्छ,’ उनले भनेकी छन्, ‘यही विश्वासका साथ मैले उपसभापति पदमा उम्मेदवारी दिने आफ्नो निर्णय फिर्ता लिएको छु ।’












Comments are closed