Email :17
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागु पूर्णिमाको अबसरमा शुभकामना व्यक्त गरेका छन् । उनले मध्यपूर्वमा बनेको परिस्थितिका कारण हजारौं प्रवासी नेपाली र उनका परिवार चिन्तामा रहेका उल्लेख गर्दै विदेशमा रहेका सबै नेपाली सुरक्षित रहून् भन्ने कामना समेत गरेका छन् ।
संयोजक प्रचण्डले भोलिदेखि चुनावको मौन अवधि सुरु हुने भन्दै शान्तिपूर्ण वातावरण बनाउन र संयमता कायम राख्न आग्रह गरेका छन् । उनले समावेशी समृद्ध नेपाल निर्माण गर्न विवेकका साथ मत हाल्न पनि आग्रह गरेका छन् । ‘शान्तिपूर्ण वातावरण बनाऔँ, संयमता राखौँ र विवेकका साथ समावेशी समृद्ध नेपाल निर्माणका लागि मतदान गरौँ’, संयोजक प्रचण्डले भनेका छन्, ‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ ।’














Comments are closed