Shopping cart

  • Home
  • राजनिती
  • सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ: प्रवक्ता मनिष झा
देश

सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ: प्रवक्ता मनिष झा

Email :66

प्रतिनिधि सभा निर्वाचनको प्रारम्भिक मत परिणामपछि प्रतिक्रिया दिँदै धनुषा–३ बाट चुनावी प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्ने धारणा राखेका छन्।

रास्वपाको उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन खोज्नु रहेको भन्दै पार्टीले अझै धेरै मेहनत गर्नुपर्ने धारणा राखेका छन्।

‘हाम्रो उद्देश्य देशमा सकारात्मक परिणाम सहितको परिवर्तन हो, हामीले अझै धेरै मेहनत गर्नुपर्नेछ। नेता हैन, सहजकर्ता भएर खट्नु छ। जनताले हामीलाई ठूलो अपेक्षा सहित मतादेश र जिम्मेवारी दिएको छ। तसर्थ परिवर्तनकारीहरू सबै थप सभ्य र अनुशासित रहन आवश्यक छ। हाम्रो दुस्मन त देशमा रहेको भ्रष्टाचार, गरिबी र कुशासन हो। उम्मेदवार र दलहरू त लोकतान्त्रिक प्रक्रियाको केवल प्रतिस्पर्धी मात्र हुन। सबैको अस्तित्व प्रति सम्मान राख्दै हामी थप संयमित, उदार र जिम्मेवार हुनुपर्छ। सबैमा अनुरोध,’ उनले भनेका छन्।

 

Comments are closed

Related Post