Shopping cart

  • Home
  • समाज
  • संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नु आजको आवश्यकता- अध्यक्ष नेपाल
अन्तर्राष्ट्रिय

संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नु आजको आवश्यकता- अध्यक्ष नेपाल

Email :267

काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीको वस्तुनिष्ट समीक्षा गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।

 

संविधान दिवसका अबसरमा आज शुभकामना सन्देश मार्फत उनले भनेका छन्, “शान्ति, स्थिरता र विकाससहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्न आवश्यक छ ।”

 

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको आन्दोलन, अन्य न्यायप्रेमी आन्दोलनहरु साथै भर्खरै मात्र भएको जेनजीको प्रदर्शन समेतमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु हाम्रो संविधानको विशेषता भएको उनको भनाइ छ ।

 

“संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन सकेको छैन”,

सन्देशमा भनिएको छ – “प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु हाम्रो संविधानको विशेषता हो । संविधान जारी भएपछि मुलुकको राज्य संरचना र शासन सत्तामा ठूलो परिवर्तन तथा सुधार त भएको छ तर अहिले पनि संविधान निर्माण गर्दा परिकल्पना गरिएको सुशासन र आर्थिक समृद्धि सहितको समुन्नत राष्ट्र निर्माणतर्फको यात्राले अपेक्षित गति लिन सकेको छैन । सोही कारण जनतामा उत्पन्न निराशा तथा आक्रोशको जगमा यदाकदा हाम्रो संविधानमाथि नै प्रहार हुने गरेको छ । तर, यथार्थमा कमजोरी संविधानमा होइन कि यसको कार्यान्वयन गर्ने व्यक्ति तथा राज्यका निकायहरुमा देखिन्छ । त्यसैले, संविधानमाथिको प्रहारलाई निस्तेज पार्दै यसको मूल मर्ममा असर नपर्ने गरी संविधान तथा राज्यका संरचनाहरुमा समेत आवश्यक परिमार्जन एवम् रुपान्तरण गरेर जनताको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सकिन्छ भन्ने कुरामा हामी दृढ छौं ”।

“हाम्रो संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाज तथा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ । जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधानको कार्यान्वयन मार्फत नै यसले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्दै समाजवाद स्थापना गर्न सकिन्छ । संविधानद्वारा प्रत्याभूत गरिएका नागरिकका मौलिक हकहरुको कार्यान्वयन एवम् जनतामा जागृत सुशासन र समृद्धिको जनचाहना पुरा गर्न हाम्रो पार्टी प्रतिवद्ध छ र हामी यसमा निष्ठापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं ।
अन्त्यमा, संविधानको कार्यान्वयनमा देखिएका कमजोरीहरुको विना कुनै आग्रह वस्तुनिष्ट समीक्षा गर्दै शान्ति, स्थीरता र विकास सहित भ्रष्टाचारको अन्त्य, सुशासनको सुनिश्चितता र व्यापक रोजगारीको सिर्जना गरेर मुलुकलाई आर्थिक सामाजिक रुपान्तरण गर्ने एवम् युवा पुस्ता सहित सबै उमेर समूहका जनतालाई सम्मानपूर्ण रुपमा मुलुकमै रहने वातावरण तथा अवसरहरु सिर्जना गर्न सकेमा मात्र संविधानप्रति साँचो इमान्दारिता र पछिल्लो  जेनजी आन्दोलनको समेत सम्मान हुनेछ ”। सन्देशमा भनिएको छ

Comments are closed

Related Post